२२ आैँ संस्करण कतार विश्वकपको सुरक्षाको जिम्मा नेपालि लाई
काठमाडौं २,असार । कतारले सन् २०२२ मा आफ्नो देशमा हुन गैरहेको विश्वकप फुटबल प्रतियोगिताको सुरक्षार्थ ठूलो संख्यामा नेपालीहरुलाई लैजाने प्रस्ताव गरेको छ । मंगलबार नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले गृहमन्त्री रामबहादुर थापा बादलसँगको शिष्टाचार भेटवार्ताका क्रममा सो प्रस्ताव राखेका हुन् । त्यसका लागि छुट्टै सम्झौता गर्न समेत कतार तयार रहेको राजदूत मोहम्मदले गृहमन्त्री थापालाई अवगत गराएका थिए ।
जवाफमा गृहमन्त्री थापाले कतारको प्रस्तावप्रति नेपाल सकारात्मक रहेको बताएका छन् । भेटवार्तामा गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाको विषय उठाउँदै सुरक्षा र अन्य क्षेमा समेत दुई देशबीच सहकार्यका लागि आग्रह गरेका थिए ।
राजदूत मोहम्मदले नेपाल र कतारबीचको कुटनीतिक सम्बन्ध यो वर्ष ४० वर्ष पुगेको र सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि आग्रह गरेका छन् । कतारमा हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन् ।
यसैबीच मंगलबारै नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत रिचार्ड मोरिसले पनि गृहमन्त्री शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–बेलायत द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












