नेपालगञ्जको १६ स्थानमा सिसिटिभी क्यामरा जडान
नेपालगञ्ज, २ साउन । नेपालगञ्ज उपमहानगरपालिकाले नगरको चोकमा उच्च प्रविधिको ‘हाइमास्ट’ बत्ती जडानको काम शुरु गरेको छ ।
नगरको सौन्दर्यता बढाई पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरको बिपी चोक, धम्बोझी चोक र पुष्पलाल चोकको चारकुनामा सो प्रविधिको बत्ती जडान गर्न लागिएको हो । नगरका अन्य चोकमा पनि क्रमशः यसखाले बत्ती जडान गरिने उपप्रमुख उमा थापा मगरले बताए।
यसैगरी नगरलाई सौन्दर्यमुखी बनाउन नगरपालिकाले नेपालगञ्जको सुर्खेत सडकखण्डको ग्रिनबेल्ट क्षेत्रमा विभिन्न जातको आकर्षक बिरुवा रोप्ने अभियान पनि शुरु गरेको छ । नगरको राझा चोकदेखि भन्सार चोकसम्म वृक्षरोपण गरिने भएको छ ।
नेपालगञ्जमा बढ्दो अपराध नियन्त्रणका लागि नगरपालिकाको सहयोगमा नगरका १६ स्थानमा सिसिटिभी क्यामरा जडान गर्ने काम पूरा भएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको संयोजकत्वमा गठित समितिले नगरको मुख्यमुख्य चोकमा क्यामरा जडान गरेको हो । दोस्रो चरणअन्तर्गत थप चोकमा पनि सिसिटिभी क्यामरा जडान गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष नन्दलाल बैश्यले बताए।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












