सरकारको पहिलो प्रथामिकतामा डा. केसिको उपचार त्यसपछि वार्ता :मन्त्रि पोखरेल
काठमाण्डाैँ ३,साउन । सरकारले जुम्लामा विगत २० दिनदेखि अनसरत डा. गोविन्द केसीको उपचारलाई सरकारले पहिलो प्राथमिकता दिएको स्पष्ट पारेको छ ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले बिहीबार बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारको पहिलो प्राथमिकतामा डा.केसीको जीवन रक्षा गर्नु रहेकाले उनलाई सकेसक्क काठमाडौमै ल्याएर उपचार गर्ने सरकारको प्रयास भएको बताए ।
‘डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएको भन्ने सुनिएको छ, जुम्लामा आईसियु समेत नभएकाले हामीले डा. केसीलाई काठमाडौ ल्याउन मन्त्रालयको टोली हेलिकोप्टरसहित जुम्ला पठाएका छौ । सकभर काठमाडौमै ल्याएर उपचार गर्ने त्यो सम्भव नभए कर्णालीकै सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गर्ने सरकारको तयारी छ उपचारपछि वार्ता र छलफल गर्ने कुरा छदैछ’ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले जानकारी दिए ।
डा. केसीलाई लिन शिक्षा मन्त्रालयका सहसचिव गुणराज लोहनी नेतृत्वको टोलीमा कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्री समेत जुम्ला गएको मन्त्री पोखरेलले जानकारी दिए ।
त्यस्तै उनले डा. केसीले भनेजस्तो विधेयक फिर्ता नहुने र उहाँका मागहरु हुँबहू पुरा गर्न पनि नसकिने स्पष्ट पारे । उता डा केसी लिन गएको टोलीलाई केसी पक्षधरले अनसनस्थलमा पस्न नै नदिएको बताइएको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












