सरकारको पहिलो प्रथामिकतामा डा. केसिको उपचार त्यसपछि वार्ता :मन्त्रि पोखरेल
काठमाण्डाैँ ३,साउन । सरकारले जुम्लामा विगत २० दिनदेखि अनसरत डा. गोविन्द केसीको उपचारलाई सरकारले पहिलो प्राथमिकता दिएको स्पष्ट पारेको छ ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले बिहीबार बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारको पहिलो प्राथमिकतामा डा.केसीको जीवन रक्षा गर्नु रहेकाले उनलाई सकेसक्क काठमाडौमै ल्याएर उपचार गर्ने सरकारको प्रयास भएको बताए ।
‘डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएको भन्ने सुनिएको छ, जुम्लामा आईसियु समेत नभएकाले हामीले डा. केसीलाई काठमाडौ ल्याउन मन्त्रालयको टोली हेलिकोप्टरसहित जुम्ला पठाएका छौ । सकभर काठमाडौमै ल्याएर उपचार गर्ने त्यो सम्भव नभए कर्णालीकै सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गर्ने सरकारको तयारी छ उपचारपछि वार्ता र छलफल गर्ने कुरा छदैछ’ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले जानकारी दिए ।
डा. केसीलाई लिन शिक्षा मन्त्रालयका सहसचिव गुणराज लोहनी नेतृत्वको टोलीमा कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्री समेत जुम्ला गएको मन्त्री पोखरेलले जानकारी दिए ।
त्यस्तै उनले डा. केसीले भनेजस्तो विधेयक फिर्ता नहुने र उहाँका मागहरु हुँबहू पुरा गर्न पनि नसकिने स्पष्ट पारे । उता डा केसी लिन गएको टोलीलाई केसी पक्षधरले अनसनस्थलमा पस्न नै नदिएको बताइएको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












