शुल्क फिर्ताका लागि आएन उजुरी
काठमाडौँ ९, साउन । निजी विद्यालयमा आफूखुशी वृद्धि भएको शुल्क फिर्ताका लागि कुनै उजुरी नपरेपछि काठमाडौँ महानगरपालिकामा सहमति कार्यान्वयन गरेको छैन ।
निजी विद्यालयले बढी शुल्क लिएको निवेदन नआएपछि गत वैशाखमा भएको सहमतिअनुरुप काम हुन नसकेको हो । गत वैशाख २२ गते केन्द्र सरकार, स्थानीय तह र विद्यार्थी संगठनको सयुक्त बैठकले निजी विद्यालयले विद्यार्थी भर्ना र अन्य गतिविधिका लागि भन्दै निजी विद्यालयले असुल गर्ने गरेको बढी रकम फिर्ता गर्ने निर्णय गरेको थियो ।
निर्णयअनुरुप काम गर्नका लागि विद्यार्थी र अभिभावक कसैले पनि उजुरी गरेका छैनन् बिना उजुरी कसरी कारवाही गर्ने मिल्दैन कामपाका शिक्षा विभागका प्रमुख प्रह्लाद अर्यालले भने ।
सम्बन्ध भएका निकायबाट उजुरी आए बढी शुल्क निले विद्यालयबाट शुल्क फिर्ता गर्ने थियौँ अर्यालले भने । “सामुदायिक विद्यालयको तुलनामा काठमाडौँ महानगरपालिकामा छगुना बढी निजी विद्यालय सञ्चालन हुँदै आएको छ ।”
हाल कामपामा १०० सामुदायिक र करीब ७०० निजी विद्यालय सञ्चालन हुँदै आएका छन्, जस्मा एक लाख ६५ हजार बालबालिका अध्ययनरत छन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनपछि स्थानीय तहलाई दिइएको अधिकारअनुरूप कामपाभित्रका सबै विद्यालय सञ्चालनको जिम्मा कामपामा आएको छ ।
चालु आर्थिक वर्षमा १२ नयाँ विद्यालयका लागि कामपामा आवेदन परेको छ भने चालु रहेका विद्यालयमा कक्षा थपका लागि १०० निवेदन परेको छ ।
विसं २०११ देखि नक्साङ्कनका आधारमा विद्यालय खोल्न दिनुपर्छ भन्ने अवधारणाका साथ विद्यालय सञ्चालन हुँदै आए तापनि विसं २०२८ मा आएको शिक्षा ऐनको आधारमा थप विद्यालयका लागि अनुमति दिइँदै आएको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












