नेपालको हवाई सेवा अन्तर्राष्ट्रियस्तरको बन्दै
काठमाडौँ । नेपालको हवाई सेवालाई विश्वस्तरको बनाउने लक्ष्यका साथ नेपाल वायु सेवा निगमले सुरक्षात्मक प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास सुरु गरेको छ ।
दुई वटा वाइडबडी जहाज खरिद गरेपछि सुरक्षा प्रणाली तथा ग्राउण्ड हयाण्डलिङको कामलाई समेत थप प्रभावकारी बनाउँदै निगमले सुरक्षात्मक प्रणालीलाई लागू गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आइएटिए) लाई आमन्त्रण गरेर सुरक्षात्मक प्रणालीका बारेमा अध्ययन गराएको हो ।
निगमको आग्रहमा आइएटिएको प्राविधिक समूहले शुक्रबार मात्रै यससम्बन्धी अध्ययन सकेको हो । नेपालको वायु सेवालाई केही विदेशी संस्थाले खतराको सूचीमा राखेको र केही संस्थाले हटाइसकेको सन्दर्भमा नेपाली हवाई क्षेत्रलाई थप विश्वसनिय, भरपर्दो, सुरक्षित बनाउने लक्ष्यका साथ अध्ययन गरिएको हो ।
वाइड बडी जहाज खरिद गरी अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने र आर्थिक समृद्धिको आधारको रुपमा रहेको पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउँदै उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन मार्ग प्रशस्त हुनेछ ।
निगमले आन्तरिक र बाह्य दुवै बजारलाई केन्द्रमा राखेको छ । सुरक्षात्मक प्रणाली तथा हवाई सुरक्षालाई समेत केन्द्रमा राखेको छ ।
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङको काम समेत निगमले नै गरिरहेको छ । निगमका महाप्रबन्धक सुगतरत्न कसांकारकाअनुसार हवाई सेवा गुणस्तरको एउटा मापदण्डको रुपमा रहेको आइएटिएको गुणस्तर मापदण्डको रुपमा सेफ्टी अडिट अफ ग्राउण्ड ह्यान्डलिङ(आइसागो प्रणापत्रलाई लिइन्छ ।
नेपालले यसअघि सन् २०१६ मा निगमले उत्कृष्ठ ग्राउण्ड ह्यान्डलिङ गरेको भन्दै आइएटिएले प्रमाणपत्र दिएको थियो । यूरोपेली संघले खतराको सूचीमा राखेको नेपालको उड्डयन क्षेत्रलाई त्यस्तो सूचीबाट हटाउन समेत आइसागो प्रमाणपत्रले काम गर्नेछ भने आइएटिएको सदस्य बन्ने मार्ग समेत प्रशस्त हुनेछ ।
आइएटिएको सदस्य भएपछि नेपालले आर्थिक सहयोग, तालिम, हवाई मार्ग प्राप्त गर्न समेत थप सहज हुनेछ ।
हाल विश्वका ३०९ वटा विमानस्थलमा आइसागोको मापदण्ड लागू गरिएको छ । विश्वभर हालसम्म १७ हजार अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् ।
निगमका प्राविधिक सल्लाहकार रमेशबहादुर शाह नेपालको उड्डयन क्षेत्रलाई सुरक्षाको दृष्टिकोणले विश्वस्तरीय र भरपर्दो बनाउन आइसागो प्रमाणपत्रले सहयोग पुग्ने विश्वास व्यक्त गरे । यूरोपेली संघले लगाउँदै आएको खतराको सूचीबाट हटाउन समेत यसले मद्दत पुग्ने विश्वास उनको छ ।
सल्लाहकार शाहकाअनुसार मापदण्ड लागू भएका ३०९ विमानस्थल मध्ये १८० विमानस्थलले निगमजस्तै ग्राउण्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउँदै आएका छन् ।
हरेक दुई वर्षमा आइएटिएले ग्राउण्ड ह्यान्डलिङको ‘अडिट’ गर्दछ । सन् २०१४ मा गरिएको अडिटका आधारमा नेपालले आइसागोको प्रमाणपत्र पाएको थियो ।
सल्लाहकार शाहकाअनुसार आइएटिएले गरेको अध्ययनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमले पु¥याउने सेवाको अवस्था ९८ प्रतिशत पूरा गरेको पाइएको छ । अध्ययन टोली शतप्रतिशत गुणस्तरको मापदण्ड पुर्याउनका लागि आगामी ६ महिनाको समय दिएको छ ।
प्राविधिक सल्लाहकार शाहले भने ‘ अबको कम्तीमा डेढ वर्ष र बढीमा दुई वर्षभित्र आयोसा प्रमाणपत्र प्राप्त गर्ने अवस्था छ ।
विश्वका कूल तीन सय विमान कम्पनीले त्यस्तो प्रमाणपत्र पाएका छन् । आइएटिएले सन् २००३ देखि आयोसा लागू गरेको हो भने सन् २००९ देखि आइसागो लागू गरेको हो ।
अध्ययन टोलीले गुणस्तरीयताका विविध आयामहरु मध्ये कूल आठ सय बढी मापदण्डको अध्ययन गरेको हो । शाहको सयोजत्कवका गठित आयोसा समितिले पनि विगत दुई सातादेखि काम गरिरहेको छ ।
प्रमाणपत्र पाइसकेपछि नेपालको ग्राउन्ड ह्यान्डलिङ स्तरीय रहेको प्रमाणित हुनेछ । त्यसो भएको खण्डमा निगमले बाहिरी विमानस्थलमा समेत ग्राउन्ड ह्यान्डलिङका लागि प्रतिस्पर्धा गर्न योग्य हुनेछ ।
राष्ट्रिय स्वार्थको विषय भएकाले आफूहरुले मिहिन तवरले अध्ययन गरेको र गराएको जानकारी दिदै प्राविधिक सल्लाहकार शाहले भने,‘नेपालको नागरिक उड्डयनलाई व्यवसायी, प्रतिस्पर्धी, सुरक्षित एवम् भरपर्दो बनाउन केही अन्तर्राष्ट्रिय मूल्य र मान्यतालाई आत्मसात् गर्नुपर्दछ, सोही काममा हामी लागेका छौ ।’
निगमका पूर्वनिर्देशक रामहरि शर्माले मुलुकको हवाई सेवालाई विश्वस्तरीय बनाउन निगमले सुरु गरेको प्रयास सकारात्मक र सार्थक रहेको बताए ।
नेपाली हवाई सेवालाई विश्वस्तरको तुल्याउन यस्ता अध्ययनले महत्वपूर्ण योगदान पुर्याउने र नेपाली पनि अन्तर्राष्ट्रिय क्षेत्रमा उत्तिकै महत्वपूर्ण र कामकाजी रहेको सन्देश समेत दिने उनको भनाइ छ ।
नेपाली उड्डयन क्षेत्र कालोसूचीमा पर्दा त्यसको नकारात्मक प्रभाव पर्यटन क्षेत्रमा समेत परेको सन्दर्भलाई मध्यनजर गर्दै निगमले आफ्ना तर्फबाट कुनै पनि कमी कमजोरी नहोस् भन्नेमा सचेत रहेको छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











