नेपालको हवाई सेवा अन्तर्राष्ट्रियस्तरको बन्दै
काठमाडौँ । नेपालको हवाई सेवालाई विश्वस्तरको बनाउने लक्ष्यका साथ नेपाल वायु सेवा निगमले सुरक्षात्मक प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास सुरु गरेको छ ।
दुई वटा वाइडबडी जहाज खरिद गरेपछि सुरक्षा प्रणाली तथा ग्राउण्ड हयाण्डलिङको कामलाई समेत थप प्रभावकारी बनाउँदै निगमले सुरक्षात्मक प्रणालीलाई लागू गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आइएटिए) लाई आमन्त्रण गरेर सुरक्षात्मक प्रणालीका बारेमा अध्ययन गराएको हो ।
निगमको आग्रहमा आइएटिएको प्राविधिक समूहले शुक्रबार मात्रै यससम्बन्धी अध्ययन सकेको हो । नेपालको वायु सेवालाई केही विदेशी संस्थाले खतराको सूचीमा राखेको र केही संस्थाले हटाइसकेको सन्दर्भमा नेपाली हवाई क्षेत्रलाई थप विश्वसनिय, भरपर्दो, सुरक्षित बनाउने लक्ष्यका साथ अध्ययन गरिएको हो ।
वाइड बडी जहाज खरिद गरी अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने र आर्थिक समृद्धिको आधारको रुपमा रहेको पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउँदै उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन मार्ग प्रशस्त हुनेछ ।
निगमले आन्तरिक र बाह्य दुवै बजारलाई केन्द्रमा राखेको छ । सुरक्षात्मक प्रणाली तथा हवाई सुरक्षालाई समेत केन्द्रमा राखेको छ ।
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङको काम समेत निगमले नै गरिरहेको छ । निगमका महाप्रबन्धक सुगतरत्न कसांकारकाअनुसार हवाई सेवा गुणस्तरको एउटा मापदण्डको रुपमा रहेको आइएटिएको गुणस्तर मापदण्डको रुपमा सेफ्टी अडिट अफ ग्राउण्ड ह्यान्डलिङ(आइसागो प्रणापत्रलाई लिइन्छ ।
नेपालले यसअघि सन् २०१६ मा निगमले उत्कृष्ठ ग्राउण्ड ह्यान्डलिङ गरेको भन्दै आइएटिएले प्रमाणपत्र दिएको थियो । यूरोपेली संघले खतराको सूचीमा राखेको नेपालको उड्डयन क्षेत्रलाई त्यस्तो सूचीबाट हटाउन समेत आइसागो प्रमाणपत्रले काम गर्नेछ भने आइएटिएको सदस्य बन्ने मार्ग समेत प्रशस्त हुनेछ ।
आइएटिएको सदस्य भएपछि नेपालले आर्थिक सहयोग, तालिम, हवाई मार्ग प्राप्त गर्न समेत थप सहज हुनेछ ।
हाल विश्वका ३०९ वटा विमानस्थलमा आइसागोको मापदण्ड लागू गरिएको छ । विश्वभर हालसम्म १७ हजार अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् ।
निगमका प्राविधिक सल्लाहकार रमेशबहादुर शाह नेपालको उड्डयन क्षेत्रलाई सुरक्षाको दृष्टिकोणले विश्वस्तरीय र भरपर्दो बनाउन आइसागो प्रमाणपत्रले सहयोग पुग्ने विश्वास व्यक्त गरे । यूरोपेली संघले लगाउँदै आएको खतराको सूचीबाट हटाउन समेत यसले मद्दत पुग्ने विश्वास उनको छ ।
सल्लाहकार शाहकाअनुसार मापदण्ड लागू भएका ३०९ विमानस्थल मध्ये १८० विमानस्थलले निगमजस्तै ग्राउण्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउँदै आएका छन् ।
हरेक दुई वर्षमा आइएटिएले ग्राउण्ड ह्यान्डलिङको ‘अडिट’ गर्दछ । सन् २०१४ मा गरिएको अडिटका आधारमा नेपालले आइसागोको प्रमाणपत्र पाएको थियो ।
सल्लाहकार शाहकाअनुसार आइएटिएले गरेको अध्ययनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमले पु¥याउने सेवाको अवस्था ९८ प्रतिशत पूरा गरेको पाइएको छ । अध्ययन टोली शतप्रतिशत गुणस्तरको मापदण्ड पुर्याउनका लागि आगामी ६ महिनाको समय दिएको छ ।
प्राविधिक सल्लाहकार शाहले भने ‘ अबको कम्तीमा डेढ वर्ष र बढीमा दुई वर्षभित्र आयोसा प्रमाणपत्र प्राप्त गर्ने अवस्था छ ।
विश्वका कूल तीन सय विमान कम्पनीले त्यस्तो प्रमाणपत्र पाएका छन् । आइएटिएले सन् २००३ देखि आयोसा लागू गरेको हो भने सन् २००९ देखि आइसागो लागू गरेको हो ।
अध्ययन टोलीले गुणस्तरीयताका विविध आयामहरु मध्ये कूल आठ सय बढी मापदण्डको अध्ययन गरेको हो । शाहको सयोजत्कवका गठित आयोसा समितिले पनि विगत दुई सातादेखि काम गरिरहेको छ ।
प्रमाणपत्र पाइसकेपछि नेपालको ग्राउन्ड ह्यान्डलिङ स्तरीय रहेको प्रमाणित हुनेछ । त्यसो भएको खण्डमा निगमले बाहिरी विमानस्थलमा समेत ग्राउन्ड ह्यान्डलिङका लागि प्रतिस्पर्धा गर्न योग्य हुनेछ ।
राष्ट्रिय स्वार्थको विषय भएकाले आफूहरुले मिहिन तवरले अध्ययन गरेको र गराएको जानकारी दिदै प्राविधिक सल्लाहकार शाहले भने,‘नेपालको नागरिक उड्डयनलाई व्यवसायी, प्रतिस्पर्धी, सुरक्षित एवम् भरपर्दो बनाउन केही अन्तर्राष्ट्रिय मूल्य र मान्यतालाई आत्मसात् गर्नुपर्दछ, सोही काममा हामी लागेका छौ ।’
निगमका पूर्वनिर्देशक रामहरि शर्माले मुलुकको हवाई सेवालाई विश्वस्तरीय बनाउन निगमले सुरु गरेको प्रयास सकारात्मक र सार्थक रहेको बताए ।
नेपाली हवाई सेवालाई विश्वस्तरको तुल्याउन यस्ता अध्ययनले महत्वपूर्ण योगदान पुर्याउने र नेपाली पनि अन्तर्राष्ट्रिय क्षेत्रमा उत्तिकै महत्वपूर्ण र कामकाजी रहेको सन्देश समेत दिने उनको भनाइ छ ।
नेपाली उड्डयन क्षेत्र कालोसूचीमा पर्दा त्यसको नकारात्मक प्रभाव पर्यटन क्षेत्रमा समेत परेको सन्दर्भलाई मध्यनजर गर्दै निगमले आफ्ना तर्फबाट कुनै पनि कमी कमजोरी नहोस् भन्नेमा सचेत रहेको छ ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












