अघि बढ्यो स्वदेशी लगानीमा बन्ने दोस्रो ठुलो बेतान कर्णाली जलविद्युत् आयोजनाको डीपीआरको काम
सुर्खेत १२, साउन । कर्मचारी सञ्चय कोषले बेतान कर्णाली जलविद्युत् आयोजना निर्माणको काम अघि बढाएको छ। कोषले ४ सय २५ मेगावाट क्षमताको आयोजनाको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कार्य अघि बढाएको हो।
तामाकोशीपछिको स्वदेशी लगानीमा निर्माण हुन लागेको दोस्रो ठुलो आयोजनाको डीपीआर तयार भएलगत्तै टेण्डर प्रक्रियामा जाने तयारी गरेको कोषले जनाएको छ। यसका लागि कम्पनीले वित्तीय स्रोत जुटाइसकेको छ। आयोजना निर्माणमा कम्तीमा ८० अर्ब बढी लागत खर्च हुने अनुमान छ। प्रारम्भिक अध्ययनअनुसार सुर्खेतको चौकुने गाउँपालिका र कैलालीको सुगरखालमा रहने गरी कर्णाली नदीमा अर्ध जलाशय प्रकृतिको आयोजना निर्माण हुनेछ।
आयोजनाको निर्माण कार्य शुरु गर्नभन्दा पहिले पहुँचमार्ग र डीपीआरको काम अघि बढाउने भएको छ। आयोजनाको काममा आर्थिक संकटले कुनै प्रभावित नभएर काम अघि बढाउने दावी गरिरहेका छन्। आयोजनाको एक वर्षको सर्वेक्षण करिव ५ वर्षभित्र निर्माण शुरु गर्ने कम्पनीको लक्ष्य रहेको बेतान कर्णाली सञ्चय कोष हाइड्रोपावर लिमिटेडका परामर्शदाता श्रीराम शेखर अधिकारीले जनाए। उनका अनुसार अहिले कम्पनी दर्ता गरी उत्पादन लाइसेन्स पाएको उनले बताए। ‘कम्पनी दर्ता गरेर उत्पादनका लागि लाइसेन्स पाईसकेका छौँ।’ उनले भने,‘अब जति सक्यो छिटो डीपीआरको काम अघि बढाउने तयारीमा छौँ।’
डीपीआर अवको एक वर्ष भित्र सक्ने गरी काम अघि बढाएको उनले बताए। नेपाल विद्युत् प्राधिकरणको मुख्य शेयर भएको इञ्जिनीयरिङ कम्पनीले डीपीआर अध्ययन गरिरहेको छ। २०१७ अक्टोबरदेखि उसले डीपीआरको काम थालेको हो।
सुर्खेत र कैलालीको सिमाना हुँदै बगिरहेको कर्णाली नदीमा यो आयोजना निर्माणका लागि कर्मचारी सञ्चय कोषले बेग्लै कम्पनी दर्ता गरिसकेको छ।
सञ्चय कोषले शेयरका साथै आवश्यक ऋण जुटाइसकेको छ। नविल र एसबीआई बैंकले सहवित्तीयकरणमा ऋण जुटाउने समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ।
सञ्चय कोषसँग हाल २ खर्ब ५६ अर्ब रुपैयाँको कोष छ, जसबाट उसले वार्षिक डेढ अर्ब कमाउने गरेको छ।
आयोजनाको प्रारम्भिक अध्ययनले सुर्खेतको चाौकुने गाउँपालिकमा पर्ने साबिकका बेता, छाप्रे, गुटु, बिजौरा र पञ्चपुरी नगरपालिकाको विद्यापुर, कैलाली जिल्लाको सुगरखाल तथा अछाम जिल्लाको साविकका गाविस ढुङ्गेचाल्ना, नाराणपुर, तुर्माखाँद क्षेत्र प्रभावित हुने भएको छ।
Comments
अरु समाचार
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
कांग्रेस नेता डा. शेखर कोइराला समूहको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बस्दैछ । कोइरालाले आफ्नो समूहको बागमती प्रदेशस्तरी भेला बोलाएका हुन्...












