कामु प्रधानन्याधीश जोशीको शैक्षिक प्रमाण-पत्रको विवादले धकेलियो अनुमोदन, अर्को बैठक भोलि
काठमाण्डाै १३, साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनसम्बन्धी निर्णय थप लम्बिएको छ। शुक्रबारबाट आइतबार सारिएको बैठकबाट पनि अनुमोदनसम्बन्धी निर्णय नहुने समिति स्रोतले बतायो। अनौपचारिक छलफल जारी रहे पनि जोशीबारे निर्णयका लागि सोमबार २ बजे बैठक बोलाउने तयारी गरिएको छ।
समिति स्रोतले भन्यो ‘विवादका विषयमा हामी पाएका आधार प्रमाण परीक्षणका क्रममा छौँ। समितिमा आज अनौपचारिक छलफलमात्र हुन्छ। निर्णयका लागि भोलि २ बजे बैठक बोलाउने तयारी भएको छ।’
जोशीको गत बिहीबार नै सुनुवाइ सकिए पनि निर्णय भएको छैन। सुनुवाइकै क्रममा उनको शैक्षिक योग्यताको विवादले प्रवेश पाएपछि समितिले अध्ययन गरिरहेको छ। समितिले अध्ययनका लागि भन्दै शुक्रबारको बैठक पनि सारेको थियो।
यसअघि जोशीले सुनुवाइ समितिमा पेस गरेको प्रमाणपत्रको प्रतिलिपिमा पेस गरेका थिए। एकै व्यक्तिका एकै तहमा दुई प्रमाणपत्र भएको र दुबैमा रहेको परीक्षा रोल नम्बर एकै रहेको भन्ने मुख्य विवाद छ।
समितिमा प्रधानन्यायाधीशले पेस गरेको प्रोग्रेस रिपोर्टमा विद्यालय तहको परीक्षाको विवरण संलग्न छ। विजय मेमोरियल स्कुलबाट २०२९ सालमा परीक्षा उतीर्ण गर्दाको रोल नम्बर ३६६७ रहेको छ। तर समिति सदस्हरुले उक्त रेकर्ड नमिलको थप तथ्य फेला परेको भन्दै थप छानबिनको पक्षमा छन्।
Comments
अरु समाचार
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...












