क्रिकेटको ‘मक्का’ मानिने लर्ड्समा नेपाल,एमसीसी र नेदरल्याण्ड्सँग खेल्दै
काठमाण्डाै १३, साउन । क्रिकेटको मक्का मानिने बेलायतको लर्ड्स मैदानमा दोस्रो पटक आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्सँग टी-२० ट्राई सिरिज खेल्दैछ।
विश्वका उत्कृष्ट क्रिकेट खेलाडीका लागि लर्डस्मा खेल्न सहज भए पनि एसोसिएट राष्ट्रका खेलाडीका लागि त्यति सहज हुँदैन। तर, नेपाली खेलाडीले दुई वर्षको फरकमा दोस्रो पटक लर्डसमा उत्रदैछन्।
यी तीन टोलीबीच एकै दिन हुन लागेको सिरिजमा प्रत्येक टोलीले दुई वटा खेल खेल्नुपर्नेछ। पहिलो खेलमा नेदरल्याण्ड्स र एमसीसी खेल्नेछन् भने दोस्रो खेलमा नेपालले घरेलु टोलीको सामना गर्नेछ। यसमा टेष्ट, ओडिआई र टी-२० आई खेलिसकेका आधा दर्जन हस्ती खेलाडी सहभागी हुनेछन्।
तेस्रो तथा अन्तिम खेल नेपाल र नेदरल्याण्ड्सबीच हुनेछ र यो खेलले टी-२० मान्यता पाउनेछ।
नेपाल र नेदल्यान्डले यसै वर्ष चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि पहिलो पटक खेल खेल्न लागेका हुन्।
यसअघि बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापित भएका २ सय वर्ष पूरा भएको अवसरमा नेपालले दुई वर्षअघि यही मैदानमा पहिलो पटक खेल्ने मौका पाएको थियो ।
युरोप भ्रमणका समयमा लर्डसमा खेल्दा नेपाली टोली तीन वर्षपछि अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेटमा फर्कन लागेको ह्यो। यसअघि सन् २०१५ को जुलाईमा पपुवा न्युगिनीविरुद्ध नेपालले अन्तिम ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलेको थियो।
बंगलादेशमा २०१४ मा भएको टी–ट्वान्टी विश्वकपमा छनोट भएसँगै नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। तर सन् २०१५ मा आयरल्यान्डमा भएको विश्व टी–ट्वान्टीमा खराव प्रदर्शन पछि नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता गुमाएको थियो। त्यसपछि यो नै नेपालले खेल्न लागेको पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिता हो।
त्रिकोणात्मक सिरिजअघि नेपालले इंल्याण्ड २ एक दिवसीय र २ ट्वान्टी ट्वान्टी गरी चार अभ्यास खेल खेलेको थियो। स्थानीय क्लबविरुद्धको खेलेका चार खेलमा नेपालले तीन जित निकालेको थियो।
लर्ड्सले निकालेको खेल तालिका अनुसार सिरिजको पहिलो खेल एमसिसी र नेदरल्याण्डबीच नेपाली समय अनुसार दिउँसो २:४५ मा सुरू हुनेछ।
एमसिसी र नेपालबीच हुने दोस्रो खेल नेपाली समय अनुसार साँझ ५:५५ र सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र नेदरल्याण्डले राति ९:०५ बजे खेल्नेछन्।
घरेलु टोली एमसीसीको कप्तानी श्रीलंकाका स्टार माहेला जयवद्र्धने गर्नेछन्। एमसीसीको टिममा निक कोम्टन, इंग्ल्यान्डका पूर्व ब्याट्सम्यानहरू इयान बेल, जोनाथन ट्रोट, विकेटकिपर जेम्स फोस्टर, जिम्बावेका पिटर मुर, स्कटल्यान्डका डिलन बुज, एलास्डाएर इभान्स र मार्क वाटलगायतले खेल्नेछन्।
त्रिकोणात्मक सिरिजपछि नेपाल एक दिवसीय ‘डेब्यु’ खेलका लागि नेदल्यान्ड प्रस्थान गर्नेछन्।
जहाँ नेपालले नेदरल्याण्ड्ससँग ऐतिहासिक एकदिवसीय सिरिज खेल्नेछ। नेपालले नेदरल्यान्डसँग बुधबार र शुक्रबार खेल्नेछ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












