क्रिकेटको ‘मक्का’ मानिने लर्ड्समा नेपाल,एमसीसी र नेदरल्याण्ड्सँग खेल्दै
काठमाण्डाै १३, साउन । क्रिकेटको मक्का मानिने बेलायतको लर्ड्स मैदानमा दोस्रो पटक आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्सँग टी-२० ट्राई सिरिज खेल्दैछ।
विश्वका उत्कृष्ट क्रिकेट खेलाडीका लागि लर्डस्मा खेल्न सहज भए पनि एसोसिएट राष्ट्रका खेलाडीका लागि त्यति सहज हुँदैन। तर, नेपाली खेलाडीले दुई वर्षको फरकमा दोस्रो पटक लर्डसमा उत्रदैछन्।
यी तीन टोलीबीच एकै दिन हुन लागेको सिरिजमा प्रत्येक टोलीले दुई वटा खेल खेल्नुपर्नेछ। पहिलो खेलमा नेदरल्याण्ड्स र एमसीसी खेल्नेछन् भने दोस्रो खेलमा नेपालले घरेलु टोलीको सामना गर्नेछ। यसमा टेष्ट, ओडिआई र टी-२० आई खेलिसकेका आधा दर्जन हस्ती खेलाडी सहभागी हुनेछन्।
तेस्रो तथा अन्तिम खेल नेपाल र नेदरल्याण्ड्सबीच हुनेछ र यो खेलले टी-२० मान्यता पाउनेछ।
नेपाल र नेदल्यान्डले यसै वर्ष चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि पहिलो पटक खेल खेल्न लागेका हुन्।
यसअघि बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापित भएका २ सय वर्ष पूरा भएको अवसरमा नेपालले दुई वर्षअघि यही मैदानमा पहिलो पटक खेल्ने मौका पाएको थियो ।
युरोप भ्रमणका समयमा लर्डसमा खेल्दा नेपाली टोली तीन वर्षपछि अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेटमा फर्कन लागेको ह्यो। यसअघि सन् २०१५ को जुलाईमा पपुवा न्युगिनीविरुद्ध नेपालले अन्तिम ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलेको थियो।
बंगलादेशमा २०१४ मा भएको टी–ट्वान्टी विश्वकपमा छनोट भएसँगै नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। तर सन् २०१५ मा आयरल्यान्डमा भएको विश्व टी–ट्वान्टीमा खराव प्रदर्शन पछि नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता गुमाएको थियो। त्यसपछि यो नै नेपालले खेल्न लागेको पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिता हो।
त्रिकोणात्मक सिरिजअघि नेपालले इंल्याण्ड २ एक दिवसीय र २ ट्वान्टी ट्वान्टी गरी चार अभ्यास खेल खेलेको थियो। स्थानीय क्लबविरुद्धको खेलेका चार खेलमा नेपालले तीन जित निकालेको थियो।
लर्ड्सले निकालेको खेल तालिका अनुसार सिरिजको पहिलो खेल एमसिसी र नेदरल्याण्डबीच नेपाली समय अनुसार दिउँसो २:४५ मा सुरू हुनेछ।
एमसिसी र नेपालबीच हुने दोस्रो खेल नेपाली समय अनुसार साँझ ५:५५ र सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र नेदरल्याण्डले राति ९:०५ बजे खेल्नेछन्।
घरेलु टोली एमसीसीको कप्तानी श्रीलंकाका स्टार माहेला जयवद्र्धने गर्नेछन्। एमसीसीको टिममा निक कोम्टन, इंग्ल्यान्डका पूर्व ब्याट्सम्यानहरू इयान बेल, जोनाथन ट्रोट, विकेटकिपर जेम्स फोस्टर, जिम्बावेका पिटर मुर, स्कटल्यान्डका डिलन बुज, एलास्डाएर इभान्स र मार्क वाटलगायतले खेल्नेछन्।
त्रिकोणात्मक सिरिजपछि नेपाल एक दिवसीय ‘डेब्यु’ खेलका लागि नेदल्यान्ड प्रस्थान गर्नेछन्।
जहाँ नेपालले नेदरल्याण्ड्ससँग ऐतिहासिक एकदिवसीय सिरिज खेल्नेछ। नेपालले नेदरल्यान्डसँग बुधबार र शुक्रबार खेल्नेछ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












