धरान उपमहानगरकाले कहिले पाउछ मेयर
काठमाण्डाै १४, साउन । तारा सुब्बाको निधनपछि रिक्त धरान उपमहानगरका प्रमुख पदका लागि उपनिर्वाचनको टुंगो लागेको छैन । तर दलहरूबीच भने उम्मेदवार हुने आकांक्षी चर्चामा आउन थालेका छन् ।सुब्बाको साउन १ गते उपचारका क्रममा निधन भएको थियो ।
अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ – नेकपामा रमेश बस्नेत, इन्द्र राई, प्रकाश राई, अइन्द्रविक्रम बेघा, पदम इस्वो, मोती सुनुवार, नारायण सुवेदी र मनोजकुमार मेन्याङ्बोलगायतको नाम चर्चामा छ । नेकपाका जिल्ला संयोजक रमेश बस्नेतले भने, ‘अहिले खासै तयारी छैन । नगर प्रमुख तारा सुब्बाको देहान्तको शोक अझै छ, निर्वाचन आयोगले तयारी नगरेसम्म पार्टीमा कुनै चर्चा नगर्ने निर्णय भएको छ ।’
कांग्रेसबाट जिल्ला सचिव सुजेन्द्र तामाङ, नगर सभापति तिलक राई, पूर्वनगर सभापति किशोर राईको चर्चा चल्न थालेको छ । गत स्थानीय तहको चुनावमा कुल मतदाता ७९ हजार ८ सय १२ मतमा ५३ हजार ८ सय १२ मत खसेको थियो । उक्त चुनावमा तत्कालीन एमालेले २० हजार ९ सय ७५, संघीय समाजवादी फोरमलाई उपमेयर दिएर गठबन्धन गरेको कांग्रेसले १६ हजार १ सय २ र माओवादी केन्द्रले ११ हजार १ सय ८० मत प्राप्त गरेको थियो ।
निर्वाचन आयोगको नियमावलीमा ‘स्थानीय तहको प्रमुख, उपप्रमुखले राजीनामा दिए, देहान्त भएमा उपनिर्वाचन गर्न सक्ने छ’ भनिएको तर निर्वाचन हुनेछ नभनिएकाले निर्वाचन नै हुन्छ हुँदैन यकिन भन्न नसकिने अवस्था रहेको जिल्ला निर्वाचन आयोगका प्रवक्ता शान्तिबहादुर अधिकारीले बताए । उनले भने, ‘अरू स्थानीय तहको पनि उपनिर्वाचन गर्नुपर्ने होला । सरकारले जे निर्देशन दिन्छ सोहीअनुसार तयारी गर्ने हो । निर्वाचनका लागि सरकारले समन्वय गर्नुपर्छ । आयोगले मात्र गरेर हुँदैन ।’ उनले उपनिर्वाचन चाँडो गर्न स्थानीय तहले नै सरकारलाई दबाब दिनुपर्ने बताए
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












