कांग्रेसको अगाडि निरीह ने क पा, कपोलकल्पित अभिव्यक्ति दिएका गगन थापालाई के गर्छ?सरकार…
काठमाडौं १४, साउन । केहि समय पहिले गलत अभिव्यक्ति दिएको भन्दै कानुन मन्त्रीको एकहोरो खेदो खन्न सुरु भएपछि उनले सार्वजनिक रुपमा माफी मागे तर, यतिले मात्रै उनको मन्त्री पद जोगाइराख्न सकेन । अन्त्तत: उनले पदबाट राजीनामा दिएर निस्कनु पर्यो ।
यस्तै, बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईका विरुद्ध पनि चर्को रुपमा आवाज उठिरहेको छ चाहे त्यो संसदमा होस या सामाजिक संजालदेखि पिपल चाैतारीसम्म !
घटनाले उग्र रुप लिदै प्रसाईँमाथी संसदमा जरुरी महत्वको प्रस्ताव समेत दर्ता भएको छ । विपक्षी कांग्रेसले उनको विरुद्ध प्रस्ताव दर्ता गराईरहँदा भने यस्तै विवादित अभिव्यक्ति दिने कांग्रेसका सांसद गगन थापाका बारेमा भने न संसदमा कुरा उठेको छ न आम मानिसकाबीच ।
ने क पाको बहुमत भएका बेला यसरि एकहोरो खेदाई भोग्दै ने क पा कांग्रेसकासामू निरिह जस्तै देखिएको छ भने, यता सरकारका मन्त्रीहरुले सन्तुष्टिजनक काम नगरेको भन्दै प्रधानमन्त्रीले मन्त्रीहरुको मार्कसिट बनाइरहेको भन्ने खवर आइरहेका छन् । ने क पामा अहिले व्यापक असन्तुष्टि रहेको बताइन्छ ।
विदेशमा पढ्न जाने आम विद्यार्थीको भावनामा ठोस पुगेको भन्दै नैतिकताका आधारमा राजीनामा दिएका कानुन मन्त्री तामाङ र कारवाहीकालागि पहल भइराखेका व्यवसायी प्रसाईँमाथी जसरी आवाज उठ्यो र उठ्दै छ त्यो सामान्य नै हो तर, त्यस्तै अभिव्यक्ति दिएका गगन थापा भने आरामले चैनकासाथ बसिरहेका छन् । उनीमाथी पनि केहि कदम चालिनु पर्छ या पर्दैन यो अब खुल्ला बहसको विषय बन्न पुगेको छ ।
यस्तै, बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले गलत अभिव्यक्ति दिएकाे भन्दै नेपाल स्टुडेन्ट युनियन, बंगलादेशले आपत्ति जनाएको छ ।
उसले प्रसाईमाथि कानूनी कारबाही तथा थापाले माफी माग्नु पर्ने भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
प्रसाईले बंगलादेशमा मेडिकल शिक्षा अध्यययनरत महिला तथा थापाले त्यहाँको शिक्षाको गुणस्तरमाथि कपोलकल्पित अभिव्यक्ति दिएकाले आन्दोलनका कार्यक्रम घोषणा गरिएकाे युनियन अध्यक्ष राजु साहले जानकारी दिए ।
दुवैको अभिव्यक्तिलाई लिएर आलोचना भइरहेका बेला उसले आगामी दिनमा पनि यस्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउन सक्ने भन्दै त्यसलाई रोक्न कडा कानूनी व्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ ।
आन्दोलित विद्यार्थी युनियनले आज ढाकास्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउँदै छ । १७ गते ढाकामा सांकेतिक विरोध कार्यक्रम राखेको युनियनले १८ गते ढाकास्थित दूतावासमा १२ बजेदेखि धर्ना दिने साहले जानकारी दिए ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












