राष्ट्रिय खेलकूद नीति–२०६७ मा परिमार्जनको तयारी
काठमाडौँ १४, साउन । युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति– २०६७ परिमार्जनको तयारी थालेको छ ।
मन्त्रालयले गत जेठमा सहसचिव अणप्रसाद न्यौपाने संयोजक, त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक गंगाबहादुर थापा, अधिवक्ता ताराबहादुर सिटौला र राष्ट्रिय खेलकूद परिषद्का प्रेस सल्लाहकार रोहित दाहाल सदस्य तथा मन्त्रालयका खेलकूद विकास शाखाका उपसचिव लक्ष्मीप्रसाद भण्डारी सदस्य सचिव रहेको ‘खेलकूद नीति परिमार्जन समिति’ गठन गरेको थियो ।
समितिले परिवर्तित सन्दर्भमा खेलकूद नीति–२०६७ मा परिमार्जन गर्नुपर्ने विषय निक्र्योल गरी मस्यौदा बनाएर विभिन्न चरणमा सरोकारवालासँग छलफलसमेत गरेको छ । मन्त्रालयका खेलकूद विकास शाखाका प्रमुख समेत रहनुभएका उपसचिव भण्डारीले भन्नुभयो, “खेलकूद नीति–२०६७ मा प्रत्येक पाँच÷पाँच वर्षमा नीति पुनरावलोकन गर्नुपर्ने प्रावधान तथा वर्तमान अवस्थामा मुलुक एकात्मक शासन व्यवस्थाबाट संघीय संरचनामा गएको सन्दर्भमा नीति परिमार्जन गर्न लागेका हौँ ।”
समितिले गएको असार १५ गते विराटनगर र २६ गते नेपालगञ्जमा क्षेत्रीय खेलकूद संघ, जिल्ला खेलकूद संघ, प्याब्सन, एन प्याब्सन, खेलाडी, प्रशिक्षक र सरोकारवालसँग नीति परिमार्जनसम्बन्धी छलफल गरेको थियो । छलफलबाट आएको सुझावलाई परिमार्जित नीतिमा समेटिएको छ ।
‘सबैका लागि खेलकूद, राष्ट्रिका लागि खेलकूद र स्वास्थ्यका लागि खेलकूद’ नारा तथा राष्ट्र निर्माण एवं राष्ट्रिय विकासमा खेलाडीको भूमिका तथा सम्भाव्यताको विकास र विस्तार, खेलकूदको माध्यमबाट अनुशासित तथा स्वस्थ र सक्षम जनशक्ति तयार गरी राष्ट्र निर्माणमा बल पु¥याउने नीतिमा थप गरिएको उनले बताए ।
यस्तै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सफलता हासिल गरी अन्तर्राष्ट्रिय जगतमा मुलुकको गौरव बढाउने, खेलकूदलाई नेपाली जनजीवनको अभिन्न अङ्ग बनाउने, खेलकूद विकासका लागि प्रारम्भिक थलोको रूपमा रहेका विद्यालयलाई केन्द्रविन्दु बनाई प्रतिभाको खोजी गर्नेलगायत उद्देश्य रहेकामा अहिलेको व्यवस्थालाई यथावत राखी खेल पर्यटन, खेलकूद कूटनीति, सार्वजनिक निजी साझेदारी र ‘हाइ अल्टिच्युट स्टेट हब’ निर्माण गर्नेलगायत परिमार्जित नीतिमा थप गरिएको छ ।
पूर्वाधार निर्माणदेखि प्रशिक्षण तथा खेलकूदका गतिविधि सञ्चालनका लागि निजी क्षेत्रले प्रायोजनमार्फत सहयोग गरिरहेको अवस्थामा नीतिमा यो व्यवस्था गर्दा खेलकूदको विकासमा अझै टेवा पुग्ने मन्त्रालयले जनाएको छ । ‘हाइ अल्टिच्युट’मा खेलकूद गतिविधि सञ्चालन गर्न नेपालमा संसारकै उत्कृष्ट स्थान रहेकाले उक्त व्यवस्था नीतिमा गरिन लागेको मन्त्रालयले जनाएको छ ।
संसारका धेरै मुलुकमा खेल कूटनीतिमार्फत राम्रो सम्बन्ध स्थापित भएका थुप्रै उदाहरण भएकाले यो व्यवस्था नीतिमा गर्न लागिएको उपसचिव भण्डारी बताउछन् ।
जगतबहादुर विश्वकर्मा युवा तथा खेलकूद मन्त्रीमा नियुक्त भएलगत्तै उहाँले मन्त्रालयको संगठन पुनःसंरचना, खेलकूदका राष्ट्रिय संघको अभिलेख, राष्ट्रिय खेलकूद नीति २०६७ परिमार्जन, बाह्रवर्षे खेलकूद गुरुयोजना तर्जुमा तथा पोखरा, तुल्सीपुर र इटहरीलाई खेल सहरका रुपमा विकास गर्नेलगायतका विषय अगाडि सारेका थिए ।
यस्तै खेलको प्रशिक्षक नभएको जिल्लामा कम्तीमा एकजना प्रशिक्षकको व्यवस्था गर्ने, दशरथ रंगशाला परिसरमा खेलकूद अस्पताल निर्माणको शुरुआत गर्ने, प्रादेशिक रंगशालाको निर्माण गर्ने, सन् २०१९ मा हुने १३औँ दक्षिण एसियाली खेलकूद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने लगायतका कार्यक्रम मन्त्री विश्वकर्माले अगाडि सारेका छन् ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












