ज्योति विकास बैंकको अधिकांश सूचकमा आक्रामक बृद्धि
काठमाण्डौ १५, साउन । ज्योति विकास बैंकले मंगलबार जारी गरेको अपरिस्कृत वित्तीय विवरणका अनुसार आर्थिक वर्ष २०७४/७५ मा खूद नाफातर्फ ३३.५८ प्रतिशतको प्रगति गरेको छ ।
आक्रामाक बजारीकरणका कारण बैंकले समीक्षा अवधिमा ७६ करोड ५६ लाख खूद ब्याज आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो वर्षको यही अवधिमा ५१ करोड २७ लाखमात्र थियो ।
बैंकले २९ करोड १८ लाखमा सीमित संचालन नाफालाई बढाएर ४८ करोड माथि पुर्याएको छ भने २० करोड २१ लाखमा सीमित जगेडाकोषलाई बढाएर ५१ करोड ५३ लाखको उचाई चुमाएको छ । यो बैंकले पनि रिजर्बमा १५४.८८ प्रतिशतको फड्को मारेको देखिएको छ ।
बैंकले निक्षेप तथा कर्जा परिचालनमा समेत आफूलाई बलियो बनाउँदै लगेको देखिएको छ । समीक्षा अवधिमा ज्योति विकास बैंकले १९ अर्ब ५४ करोड निक्षेप संकलन गरी १६ अर्ब १० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ५१ करोड निक्षेप संकलन गरी ९ अर्ब १३ करोड कर्जा परिचालन गरेको थियो ।
उल्लेख्य व्यवसाय बिस्तार गरेर खूद ब्याज आम्दानीतर्फ राम्रै प्रगति गरेको भए पनि कर्मचारी तथा अन्य संचालन खर्चमा भने राम्रै बढोत्तरी भएको देखिएको छ । शाखा बिस्तार लगायतका कार्यले समेत खर्चको मिटर बढेको हुनसक्छ ।
समीक्षा अवधिमा बैंकले खराब कर्जालाई घटाएको छ । अघिल्लो वर्षसम्म ०.९६ प्रतिशत रहेको यस्तो कर्जा घटेर ०.३६ प्रतिशतमा सीमित बन्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको इक्वीटीमा प्रतिफल(आरओई) ९.८२ प्रतिशत र सम्पत्तिमा प्रतिफल(आरओए) १.२९ प्रतिशत रहेको छ ।
चुक्तापूँजीमा भएको सामान्य वृद्धि र नाफातर्फको औसत वृद्धिले यो बैंकको प्रतिसेयर आम्दानी बढेको छ । अघिल्लो वर्ष ११.४३ रुपैयाँ रहेको यस्तो आम्दानी बढेर यो वर्ष ११.७७ रुपैयाँ कायम भएको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ११९.८७ रुपैयाँ र मूल्य आम्द्यानी अनुपात ११.९८ गुणा कायम भएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












