ज्योति विकास बैंकको अधिकांश सूचकमा आक्रामक बृद्धि
काठमाण्डौ १५, साउन । ज्योति विकास बैंकले मंगलबार जारी गरेको अपरिस्कृत वित्तीय विवरणका अनुसार आर्थिक वर्ष २०७४/७५ मा खूद नाफातर्फ ३३.५८ प्रतिशतको प्रगति गरेको छ ।
आक्रामाक बजारीकरणका कारण बैंकले समीक्षा अवधिमा ७६ करोड ५६ लाख खूद ब्याज आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो वर्षको यही अवधिमा ५१ करोड २७ लाखमात्र थियो ।
बैंकले २९ करोड १८ लाखमा सीमित संचालन नाफालाई बढाएर ४८ करोड माथि पुर्याएको छ भने २० करोड २१ लाखमा सीमित जगेडाकोषलाई बढाएर ५१ करोड ५३ लाखको उचाई चुमाएको छ । यो बैंकले पनि रिजर्बमा १५४.८८ प्रतिशतको फड्को मारेको देखिएको छ ।
बैंकले निक्षेप तथा कर्जा परिचालनमा समेत आफूलाई बलियो बनाउँदै लगेको देखिएको छ । समीक्षा अवधिमा ज्योति विकास बैंकले १९ अर्ब ५४ करोड निक्षेप संकलन गरी १६ अर्ब १० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ५१ करोड निक्षेप संकलन गरी ९ अर्ब १३ करोड कर्जा परिचालन गरेको थियो ।
उल्लेख्य व्यवसाय बिस्तार गरेर खूद ब्याज आम्दानीतर्फ राम्रै प्रगति गरेको भए पनि कर्मचारी तथा अन्य संचालन खर्चमा भने राम्रै बढोत्तरी भएको देखिएको छ । शाखा बिस्तार लगायतका कार्यले समेत खर्चको मिटर बढेको हुनसक्छ ।
समीक्षा अवधिमा बैंकले खराब कर्जालाई घटाएको छ । अघिल्लो वर्षसम्म ०.९६ प्रतिशत रहेको यस्तो कर्जा घटेर ०.३६ प्रतिशतमा सीमित बन्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको इक्वीटीमा प्रतिफल(आरओई) ९.८२ प्रतिशत र सम्पत्तिमा प्रतिफल(आरओए) १.२९ प्रतिशत रहेको छ ।
चुक्तापूँजीमा भएको सामान्य वृद्धि र नाफातर्फको औसत वृद्धिले यो बैंकको प्रतिसेयर आम्दानी बढेको छ । अघिल्लो वर्ष ११.४३ रुपैयाँ रहेको यस्तो आम्दानी बढेर यो वर्ष ११.७७ रुपैयाँ कायम भएको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ११९.८७ रुपैयाँ र मूल्य आम्द्यानी अनुपात ११.९८ गुणा कायम भएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












