पहिलो ओडीआईमा नेपाल नेदरल्यान्ड्ससँग पराजित
काठमाडाैं १७ , साउन । नेपालले पहिलो एक दिवसीय खेलमा नेदरल्याण्डसँग ५५ रनले पराजित भएको छ। नेदरल्याण्डले दिएको १९० रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ४१.५ ओभरमा अलआउट हुँदै १३४ रनमा समेटिएपछि नेपालले डेब्यू खेलमै पराजय व्यहोरेको हो।
राम्रा ब्याट्मेनहरू ब्याटिङ नचल्दा नेपाल पराजित हुन पुगेको हो। उत्कृष्ट सुरूवात गर्दै पहिलो विकेटका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले ५८ रनको साझेदारी गरेका थिए। अनिल व्यक्तिगत २१ रनमा आउट भएपछि नेपालको इनिङ्स धारासयी बन्यो। बाँकी ६० रन जोड्दा नेपालले ६ विकेट गुमाउन पुग्यो।
दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का १२ रनमा आउट भए। थप दुई रन जोड्दा ज्ञानेन्द्र मल्ल ५१ रन बनाएर पभेलियन फर्किए।
आरिफ शेख शून्यमा आउट भए भने छैठौं नम्बरमा आएका सोमपाल कामीले पनि खाता खोल्न सकेनन्। बसन्त रेग्मी आउट पनि शुन्यमा आउँट हुँदा दिपेन्द्र सिंह ऐरीले केही आशा देखाएका थिए। व्यक्तिगत ३३ रनमा आउट भए पछि नेपाल संकटमा पर्यो।
त्यसपछि शक्ति गौचनले नटआउट ९ रन बनाउँदा सरद भेसवारक ४ र सन्दिप लामिछाने १ रनमा आउट भए।
नेपाललाई सस्तैमा समेट्न नेदरल्याण्डका फ्रेड क्लासेन, माइकल रिप्पोन र पिटर सिलरले समान ३/३ विकेट लिए।
यसअघि, टस जितेर पहिले ब्याटिङ्ग गरेको नेदरल्याण्डले ४७.४ ओभरमा अलआउट हुँदै १८९ रन बनाएको थियो। नेदरल्याण्डका लागि माइकल रिप्पोनले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए।
यस्तै, बास डी लिडले ३०, स्टेफेन माईबर्गले २९, बेन कुपरले २०, स्कोट एडवार्डले १८ रन जोड्दा फ्रेड क्लासेनले ११ रनमा अाउट भएका थिए।
नेपालका कप्तान पारस खड्काले किफायती र उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। यस्तै सोमपाल कामीले ३ विकेट लिँदा सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले एक-एक विकेट लिए।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












