पहिलो ओडीआईमा नेपाल नेदरल्यान्ड्ससँग पराजित
काठमाडाैं १७ , साउन । नेपालले पहिलो एक दिवसीय खेलमा नेदरल्याण्डसँग ५५ रनले पराजित भएको छ। नेदरल्याण्डले दिएको १९० रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ४१.५ ओभरमा अलआउट हुँदै १३४ रनमा समेटिएपछि नेपालले डेब्यू खेलमै पराजय व्यहोरेको हो।
राम्रा ब्याट्मेनहरू ब्याटिङ नचल्दा नेपाल पराजित हुन पुगेको हो। उत्कृष्ट सुरूवात गर्दै पहिलो विकेटका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले ५८ रनको साझेदारी गरेका थिए। अनिल व्यक्तिगत २१ रनमा आउट भएपछि नेपालको इनिङ्स धारासयी बन्यो। बाँकी ६० रन जोड्दा नेपालले ६ विकेट गुमाउन पुग्यो।
दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का १२ रनमा आउट भए। थप दुई रन जोड्दा ज्ञानेन्द्र मल्ल ५१ रन बनाएर पभेलियन फर्किए।
आरिफ शेख शून्यमा आउट भए भने छैठौं नम्बरमा आएका सोमपाल कामीले पनि खाता खोल्न सकेनन्। बसन्त रेग्मी आउट पनि शुन्यमा आउँट हुँदा दिपेन्द्र सिंह ऐरीले केही आशा देखाएका थिए। व्यक्तिगत ३३ रनमा आउट भए पछि नेपाल संकटमा पर्यो।
त्यसपछि शक्ति गौचनले नटआउट ९ रन बनाउँदा सरद भेसवारक ४ र सन्दिप लामिछाने १ रनमा आउट भए।
नेपाललाई सस्तैमा समेट्न नेदरल्याण्डका फ्रेड क्लासेन, माइकल रिप्पोन र पिटर सिलरले समान ३/३ विकेट लिए।
यसअघि, टस जितेर पहिले ब्याटिङ्ग गरेको नेदरल्याण्डले ४७.४ ओभरमा अलआउट हुँदै १८९ रन बनाएको थियो। नेदरल्याण्डका लागि माइकल रिप्पोनले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए।
यस्तै, बास डी लिडले ३०, स्टेफेन माईबर्गले २९, बेन कुपरले २०, स्कोट एडवार्डले १८ रन जोड्दा फ्रेड क्लासेनले ११ रनमा अाउट भएका थिए।
नेपालका कप्तान पारस खड्काले किफायती र उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। यस्तै सोमपाल कामीले ३ विकेट लिँदा सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले एक-एक विकेट लिए।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












