प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौँ १८,साउन । प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ ।
संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश आज १३ः०० बजेका लागि तय भएको बैठक स्थगन भएको जानकारी दिनुभयो । आजको बैठक बस्न नसक्ने भएकाले यही साउन २० गते बिहान ११ः०० बजे बस्ने गरी बैठक स्थगन भएको जनाइएको छ ।
आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची थियो । यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ र अर्थमन्त्री डा युवराज खतिवडाले ‘लेखा परीक्षण विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।
बैठकमा गृहमन्त्री थापाले प्रस्तुत गर्ने ‘अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी महासन्धि’माथि सामान्य छलफल गर्ने कार्यसूचीसमेत तय गरिएको थियो ।
काँग्रेसका आग्रहमा स्थगन
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आग्रहबमोजिम प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको हो । काँग्रेस संसदीय दलको बैठक बसिरहेकाले उहाँहरुकै आग्रहानुसार बैठक स्थगन गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । उनले भने, “प्रतिपक्षी दल काँग्रेसले आफ्नो संसदीय दलको बैठक लामो समय जारी रहने भएकाले सभामुखसमक्ष आजका लागि बैठक स्थगन गरिदिनुप¥यो भनी आग्रह गरेको कुरा सभामुखले हामीहरुलाई जानकारी दिए ।”
प्रतिपक्षको आग्रहलाई स्वीकार गरेर बैठक स्थगन गरिएको उहाँको भनाइ छ । बैठक चलाउने वा नचलाउने भन्ने विषयमा सभामुख कृष्णबहादुर महराले सत्तरुढ नेकपाका नेता नेम्वाङलगायतसँग संघीय संसद् भवनमै छलफल गरेका थिए ।
छलफलपछि सभामुख महराले बैठक स्थगन गर्ने निर्णय लिनुभएको थियो । सोलगत्तै संघीय संसद् सचिवालयका महासचिव भट्टराईले सूचनामार्फत बैठक स्थगन भएको जानकारी दिए थियो । बिहीबारको बैठकमा भने सभामुख महराले आफूहरुलाई बोल्न नदिएको भन्दै काँग्रेसका सांसदले बैठक बहिष्कार गरेका थिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












