रोनाल्डोको स्थान लिए २१ वर्षीय बोर्जाले
काठमाडाैं १९, साउन । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले रियल मड्रिड छोडेपछि उनको स्थानमा को आउन सक्ला भन्ने जिज्ञासाको विषय बनेको छ । फ्यानको इच्छालाई मध्यनजर गर्दै विभिन्न सर्वेक्षणसमेत भइसकेका छन् ।
समर्थकको सर्वेक्षणमा ह्यारी केनले रोनाल्डोको स्थान लिने देखिएको थियो । तर, अहिले रोनाल्डोको स्थानमा केन नभएर अर्कै खेलाडीले मौका पाउने भएका छन् । उनी हुन् ९ नम्बर जर्सी लगाउने २१ वर्षीय बोर्जा मायोरल ।
मड्रिडका प्रशिक्षक जुलियन लोपेतेगीले क्लबमा रोनाल्डोको ठाउँ बोर्जाले लिने बताएका हुन् । स्पेनिस सञ्चारमाध्यमले दाबी गरेका छन् । स्पेनिस प्रशासन एएसले पनि रोनाल्डोको ठाउँमा प्रयोग गर्ने खेलाडी रोजिसकेको दाबी गरेको छ ।
युवा खेलाडी मायोरलमा लोपेतेगीले विश्वास गरेको एएसले उल्लेख गरेको छ । मायोरलले गएको सिजन लोनमा वुल्फबर्गमा १९ खेलमा दुई गोल गरेका थिए । उनले रोनाल्डोले छोडेपछि उत्पन्न भएको खाली भर्न सक्ने लोपेतेगीको विश्वास छ । मायोरल रियल मड्रिडकै उत्पादन हुन् ।
सन् २००७ मा रियल एकेडेमीमा आएका उनले रियल मड्रिड बी बाट ३८ खेल खेलेका छन् । तर रियल मड्रिडका समर्थक भने क्लबको छनौटबाट त्यति खुशी रहेका छैनन् । गएको ९ वर्ष क्लबका लागि हरेक सिजन कम्तिमा ४० को हाराहारीमा गोल गरेका रोनाल्डोको ठाउँ लिन उस्तै उत्कृष्ट खेलाडी ल्याउनु पर्ने फ्यानको भनाई छ ।
रोनाल्डो ११२ मिलियन युरोमा इटालियन च्याम्पियन युभेन्टस गएपछि युरोपियन च्याम्पियन रियल मड्रिडमा उत्पन्न भएको खाली पूरा गर्ने खेलाडीको रुपमा रोबर्ट लेवान्डोस्की, ह्यारी केनदेखि एडिसन काभानी र इडन हजार्डलाई हेरिएको छ । यी मध्ये एकलाई क्लब भित्र्याउने रियल प्रयासरत रहेको खबर पनि आइरहेका छन् ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












