मरिसस अध्ययनका लागि विद्यार्थी पठाउन बन्द गर्ने सरकारी निर्णय
काठमाडाैं २०, साउन । नेपाल सरकारले उच्च शिक्षा अध्ययनका लागि मरिससमा विद्यार्थी नपठाउने निर्णय गरेको छ । मरिससमा अध्ययनका लागि गएका नेपाली विद्यार्थी समस्यामा पर्न थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।
मरिससमा उच्च वा प्राविधिक शिक्षा अध्ययनका लागि वार्षिक ४ सयको हाराहारीमा नेपाली विद्यार्थी जाने गरेका छन् । नेपालका कन्सल्टेन्सीहरुले काम गर्दै अध्ययन गर्न सकिने भनेर विद्यार्थीलाई मरिसस पठाउने गरेका थिए । तर बिगत ५ वर्षमा ७० जनाभन्दा बढी विद्यार्थीलाई उद्धार गरेर नेपाल ल्याउनु परेपछि सरकारले मरिससका लागि नो अब्जेक्सन लेटर (एनओसी) दिन बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालका अनुसार अर्को निर्णय नभएसम्मका लागि मरिससमा पढ्न चाहने विद्यार्थीलाई नो अब्जेक्सन लेटर (एनओसी) दिन बन्द गरिएको छ । मरिसस अध्ययनका लागि उचित गन्तब्य नभएको भन्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
यसअघि मरिससमा बारम्बार नेपाली विद्यार्थी समस्यामा परेपछि शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले दक्षिण अफ्रिकास्थित नेपाली दूतावासलाई मरिसस के कस्तो देश हो र त्यहाँको अवस्था कस्तो हो भनेर
सोधिएको थियो । त्यसको जवाफमा दक्षिण अफ्रिकास्थित नेपाली राजदूत अमृतबहादुर राईले मरिससमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई रोक्नुपर्ने ब्यहोराको पत्र परराष्ट्र मन्त्रालयलाई पठाएका थिए ।त्यसलगत्तै सरकारले मरिससमा विद्यार्थी नपठाउने निर्णय गरेको हो ।
Comments
अरु समाचार
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...











