उपचारको क्रममा विद्यार्थीको मृत्यु भएपछि अस्पताल तोडफोड
काठमाडाैं २० , साउन । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा अध्ययरत विद्यार्थीको उपचार क्रममा मृत्यु भएपछि सोही कलेजका विद्यार्थीहरूले अस्पतालमा तोडफोड गरेका छन्।
बिडिएस अन्तिम वर्षमा अध्ययनरत जनकपुर घर भएका २२ वर्षीय महादेव शाहको उपचार क्रममा मृत्यु भएपछि विद्यार्थीहरू तोडफोडमा उत्रिएका हुन्।
केही दिन अघि शरीरमा आएको खटिरो ‘पिलो’ को अपरेसन गरेका शाह मेडिकल कलेजमा थप उपचारको लागि भर्ना भएका थिए। उपचार क्रममा उनको आइतबार बिहान मृत्यु भएपछि अरु विद्यार्थीहरूले उपचारमा लापरवाही भएको भन्दै मेडिकल कलेजमा तोडफोड गर्दै नाराबाजी गरेका हुन्।
विद्यार्थीहरूले शाहलाई दिइएको गलत औषधिका कारण मृत्यु भएको दाबी गर्दै मेडिकल कलेजभित्रै नाराबाजी गर्दै अस्पतालका शिशाहरू तोडफोड गरेका छन्।
तोडफोडले कलेज तनावग्रस्त बनेपछि अहिले अवस्था नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले अहिले मेडिकल कलेजलाई प्रहरी सुरक्षामा राखिएको जानकारी दिए।
आक्रोशित विद्यार्थीहरू अस्पतालभित्रै तोडफोडमा उत्रिएपछि केहीबेर तनावग्रस्त बनेको थियो। विद्यार्थीहरूले बिरामी भर्ना भइरहेको अवस्थामै आइसियू कक्षमा समेत तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ।
घटनाको विषयमा मेडिकल कलेज प्रशासन र विद्यार्थीहरूका बीचमा अहिले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा छलफल भइरहेको प्रहरी उपरिक्षक ज्ञवालीले बताए।
अस्पताल प्रशासनले पिलोको सफल अपरेसन भए पनि संक्रमण बढ्दै गएपछि शाहको मृत्यु भएको बताएको छ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












