चार नेपाली खेलाडी टी-२० वरीयतामा
काठमाडाैँ २२, साउन । नेपालका चार खेलाडी आइसीसी टी-२० इन्टरनेशनल वरीयतामा समावेश भएका छन्।
बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी तथा ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावकर शीर्ष सयको सूचीमा परेका हुन्।
आइसीसीले जारी गरेको नयाँ वरियताअनुसार नेपाली स्पीनर बसन्त रेग्मी बलिङतर्फ ७१औँ वरीयतामा छन् भने फास्ट बलिङ अलराउण्डर सोमपाल कामी ९२औँ वरीयतामा छन्।
बसन्तको ३९७ तथा सोमपालको ३३८ रेटिङ छ। अष्ट्रेलियाका मार्कुस स्टोइनिस, इंग्ल्याण्डका बेन स्टोक, वेष्ट इन्डिजका आन्द्रे रेसल, भारतका रविन्द्र जडेजा भन्दा बसन्त अगाडी छन्।
यस्तै सोमपाल कामी केन रिचर्डसन, सार्दुल ठाकुर भन्दा अघि छन्।
यस्तै ब्याटिङतर्फ नेपालका कप्तान पारस खड्का ९०औँ तथा शरद भेषावकर ९८औँ स्थानमा छन्।
पारस वरीयतामा किरण पोलार्ड, जर्ज बेली जस्ता खेलाडी भन्दा अगाडि छन् भने शरदपछि वेष्टइन्डिजकै डारेन शामी र जिम्बावेका सिकन्दर राजा छन्। पारसको २६५ तथा शरदको २३८ रेटिङ छ।
टी २० मा ब्याटिङतर्फ अष्ट्रेलियाका आरोन फिन्च तथा बलिङतर्फ अफगानिस्तानका रसिद खान शीर्ष स्थानमा छन्।
नेपालका कप्तान पारस खड्का टी-२० अलराउण्डरतर्फ ३७औँ स्थानमा छन्। सोमपाल ५७औँ स्थानमा छन्। यसमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल पहिलो स्थानमा छन्।
Comments
अरु समाचार
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...












