भेरी–बबई डाइभर्सन समयमै सकिने
काठमाडाैँ २२, साउन । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना (बिबिडिएमपी)को सुरुङमार्ग निर्माण तोकिएकै अवधिमा सम्पन्न हुने सम्भावना बढेको छ । निर्माणका क्रममा विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टिबीएम) रेडजोन (खतरा क्षेत्र) पार गरेर अघि बढेपछि निर्माण अवधिमै सम्पन्न हुने भएको हो ।
निर्माणकर्ता चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रुपले निर्माण थालेको सो डाइभर्सनको भौगर्भिक सर्वेक्षणका बेला सुरुङ खन्न निकै कठिन र चुनौतीपूर्ण मानिएको स्थान पार गरेर अघि बढिसकेकाले समयमै निर्माण सम्पन्न गर्न सहज देखिएको आयोजना निर्देशक शिवकुमार बस्नेतले बताए ।
उनले भने, “जिओलजिकल सर्भेमा छिन्चु नजिकैको तोली खोलामा जोखिम देखिएको थियो । त्यो क्षेत्रबाट उक्त उपकरण अघि बढेपछि अब सुरुङ निर्माणको काम तीव्र गतिमा अघि बढ्छ ।” निर्देशक बस्नेतका अनुसार दुई वर्षभित्र सुरुङ खन्ने लक्ष्य रहे पनि हालसम्मको प्रगति हेर्दा तोकिएको अवधिभन्दा अघि नै काम सकिने देखिएको छ । सात महिनामा उक्त उपकरणले आधाभन्दा बढी सुरुङ खनिसकेको छ । हालसम्म छ हजार ३५० मिटर सुरुङ खनिएको छ । सो उपकरणले दैनिक ५१ मिटरका दरले सुरुङ खनिरहेको आयोजनाले जनाएको छ ।
आयोजनाका प्रशासन प्रमुख नृपजंग शाहीले भने, “आयोजना समयमै बन्ने निश्चित भयो, कठिन र चुनौतीपूर्ण काम सम्पन्न भयो । रेडजोन पार गर्न नसकिने त्रासमा आयोजनाले अन्य काम थाती राखेर सुरुङ निर्माणलाई पहिलो प्राथमिकता दिएको थियो । ”
रेडजोनकै कारण सुरुङ निर्माण सफल हुने नहुनेमा आशंका देखिएपछि आयोजनाले पावरहाउस र बाँध निर्माण प्रक्रिया शुरु नै नगरेको प्रशासन प्रमुख शाहीले जानकारी दिए । उनले भने, “जोखिम मानिएको काम सफल भएपछि आयोजनाले पावर हाउस र बाँध निर्माणलगायतका अन्य काम पनि धमाधम अघि बढाउने भएको छ ।”
आयोजनाले प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गर्ने, त्यसको क्षतिपूर्ति वितरण तथा मूल्याकंन गर्ने र आवश्यक पूर्वाधार निर्माणका काम थाल्ने जनाएको छ । सुर्खेतकोे भेरीगंगा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ ।
आयोजना प्रमुख बस्नेतले भने, “जोखिमपूर्ण मानिएको क्षेत्र पार भइसकेको छ, अब पावरहाउस र हेडवक्र्सको काम अघि बढाउन कागजात बनाउने काम भइरहेको छ ।” विद्युत् उत्पादनका लागि चिप्लेमा हेडवक्र्स र हात्तीखालमा विद्युतगृह बनाउनका लागि बोलपत्र आह्वानको प्रक्रिया अघि बढिसकेको छ ।
भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसालेर विद्युत् उत्पादनसँगै बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ पुराइने लक्ष्यका साथ सुरुङ निर्माण भइरहेको छ । सुरुङ निर्माणका क्रममा तोली खोलामा पर्ने भागलाई प्राविधिकले रेडजोनका रूपमा लिएका थिए । यो खोलामुनि पानीको तलाउ वा कडा चट्टान हुनसक्ने र यसले चुरे पहाडमा १२ किलोमिटर लामो सुरुङ खन्ने काममा अवरोध पुराउने आशंका गरिएको थियो ।
सात महिनाअघि परम्परागत हिसाबले बिष्फोट गर्दै सुरुङ खन्न थालिएको थियो । टिबिएमले सुरुङ खन्न थालेपछि दुई वर्षभित्र सक्ने लक्ष्य लिइएको थियो । हालसम्मको प्रगति हेर्दा तोकिएको अवधिभन्दा अघि नै काम सकिने देखिन्छ । सात महिनामा टिबिएमले आधाभन्दा बढी सुरुङ खनिसकेको छ । सुरुङ निर्माणमा ८० चिनियाँ प्राविधिक र ५५० नेपाली मजदूर संलग्न छन् ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












