लगानी कम्पनीमार्फत जलविद्युत्मा १२ खर्ब लगानी
काठमाडाैँ २४, साउन । सरकारले जलविद्युत् क्षेत्रमा लगानी गर्न स्थापना गरेको जलविद्युत् लगानी तथा विकास कम्पनीले जलविद्युत् क्षेत्रमा ऋण र इक्विटी (स्वपुँजी) गरी १२ अर्ब लगानी गरेको छ । सरकारले जलविद्युत् क्षेत्रमा लगानी गर्न स्थापना गरेको जलविद्युत् लगानी तथा विकास कम्पनीले जलविद्युत् क्षेत्रमा ऋण र इक्विटी (स्वपुँजी) गरी १२ अर्ब लगानी गरेको छ । कम्पनीले निजी क्षेत्र, सरकारी निकाय र विभिन्न कम्पनीमा गरी ११ अर्ब ९८ करोड १६ लाख बराबरको लगानी गरेको हो । अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)मार्फत ल्याएको ऋण कम्पनीले काबेलीमा लगानी गरेको थियो । स्वपुँजी १० अर्ब रहेको कम्पनीले ९ अर्ब ९४ करोड बराबर लगानी गरिसकेको छ । कम्पनीले ३७.६ मेगावाटको काबेलीसहित १४ निजी आयोजनामा १० अर्ब ३८ करोड ६१ लख लगानी गरेको छ । काबेलीमा भने अन्तर्राष्ट्रिय संस्थाको ४ अर्ब रुपैयाँ लगानी गरेको छ ।
त्यसैगरी सरकारी निकायमार्फत अघि बढाउन लागिएको एक जलविद्युत् र पाँच कम्पनीमा गरी १ अर्ब ५९ करोड ५० लाख स्वँपुजीको रूपमा लगानी गरेको छ । “कम्पनीले १३ निजी क्षेत्रका जलविद्युत् आयोजनाका ऋणका साथै पाँच सरकारी कम्पनी र एउटा सरकारी कम्पनीमार्फत अघि बढाउन लागिएको आयोजनामा इक्क्टिी सेयर लगानी गरेका छौं,” कम्पनीका प्रमुख कार्यकारी अधिकृत छबि पोखरेल भन्छन्, “हाल रहेको १० अर्बको जारी पुँजीलाई बढाएर २० अर्ब बनाउने र थप जलविद्युत् आयोजनामा लगानी गर्ने योजना छ ।” उनका अनुसार थप पुँजी बढाउनका लागि अर्थ मन्त्रालयले ५ अर्ब निकासा गरिसकेको छ भने हाल कम्पनीमा कर्मचारी सञ्चय कोषको १ अर्ब, राष्ट्रिय बिमा संस्थाको एक अर्ब, नागरिक लगानी कोषको १ अर्ब तथा सर्वसाधारणको २ अर्ब सेयर रहेकोमा यसलाई दोब्बर बनाउनका लागि प्रक्रिया कम्पनीले अघि बढाइसकेको छ । कम्पनीले ४२ मेगावाटको मिस्त्रीखोलामा ९८ करोड ६१ लख, २७ मेगावाटको दोर्दी खोलामा ५० करोडका साथै २३.५ मेगावाटको लोअर सोलु, २० मेगावाटको बाग्मती साना, १८ मेगावाटको अपर सोलु खोला र २५ मेगावाटको काबेली बी ए मा २०÷२० करोड लगानीको प्रतिबद्धता जनाइसकेको छ ।
त्यसैगरी कम्पनीले ८२ मेगावाटको लोअर सोलुको ६० करोड, २१.६ मेगावाटको लोअर हेवामा १५ करोड, ३० मेगावाटको न्यादीमा ४५ करोड, ४९.६ मेगावाटको सुपर दोर्दीमा ४० करोड, ८६ मेगावाटको सोलुखोला दूधकोशीमा ९० करोडका साथै ५१.४ मेगावाटको लिखु–१ र २८.१ मेगावाटको लोअर लिखु जलविद्युत् आयोजनामा ८०-८० करोड लगानीको प्रतिबद्धता जनाइसकेको छ । त्यसैगरी अन्तर्राष्ट्रिय विकास संस्थामार्फत आएको ४ अर्ब रुपैयाँ लागतको ३७.६ मेगावाटको काबेली ए मा ऋण लगानी गरेको कम्पनीले विद्युत् उत्पादन कम्पनीमार्फत अघि बढाउन लागेको ४२६ मेगावाटको फुकोट कर्णाली जलविद्युत्मा १ अर्ब २६ करोड बराबरको १० प्रतिशत सेयरसमेत हालेको छ । त्यसैगरी कम्पनीले पावर ट्रान्समिसन कम्पनीमा ५ करोड ६० लाख बराबरको १० प्रतिशत, आफ्नै सहायक कम्पनी रेमिट हाइड्रोमा २५ करोड ५० लाख रुपैयाँ बराबरको शतप्रतिशतका साथै २ करोड बराबरको ४ प्रतिशत विद्युत् उत्पादन कम्पनी, २२ लाख ५० हजार बराबरको नेपाल पावर ट्रेडिङ र नेपाल इन्जिनियरिङ कम्पनीमा १५-१५ प्रतिशत सेयर लगानी गरेको छ ।
Comments
अरु समाचार
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












