लगानी कम्पनीमार्फत जलविद्युत्मा १२ खर्ब लगानी
काठमाडाैँ २४, साउन । सरकारले जलविद्युत् क्षेत्रमा लगानी गर्न स्थापना गरेको जलविद्युत् लगानी तथा विकास कम्पनीले जलविद्युत् क्षेत्रमा ऋण र इक्विटी (स्वपुँजी) गरी १२ अर्ब लगानी गरेको छ । सरकारले जलविद्युत् क्षेत्रमा लगानी गर्न स्थापना गरेको जलविद्युत् लगानी तथा विकास कम्पनीले जलविद्युत् क्षेत्रमा ऋण र इक्विटी (स्वपुँजी) गरी १२ अर्ब लगानी गरेको छ । कम्पनीले निजी क्षेत्र, सरकारी निकाय र विभिन्न कम्पनीमा गरी ११ अर्ब ९८ करोड १६ लाख बराबरको लगानी गरेको हो । अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)मार्फत ल्याएको ऋण कम्पनीले काबेलीमा लगानी गरेको थियो । स्वपुँजी १० अर्ब रहेको कम्पनीले ९ अर्ब ९४ करोड बराबर लगानी गरिसकेको छ । कम्पनीले ३७.६ मेगावाटको काबेलीसहित १४ निजी आयोजनामा १० अर्ब ३८ करोड ६१ लख लगानी गरेको छ । काबेलीमा भने अन्तर्राष्ट्रिय संस्थाको ४ अर्ब रुपैयाँ लगानी गरेको छ ।
त्यसैगरी सरकारी निकायमार्फत अघि बढाउन लागिएको एक जलविद्युत् र पाँच कम्पनीमा गरी १ अर्ब ५९ करोड ५० लाख स्वँपुजीको रूपमा लगानी गरेको छ । “कम्पनीले १३ निजी क्षेत्रका जलविद्युत् आयोजनाका ऋणका साथै पाँच सरकारी कम्पनी र एउटा सरकारी कम्पनीमार्फत अघि बढाउन लागिएको आयोजनामा इक्क्टिी सेयर लगानी गरेका छौं,” कम्पनीका प्रमुख कार्यकारी अधिकृत छबि पोखरेल भन्छन्, “हाल रहेको १० अर्बको जारी पुँजीलाई बढाएर २० अर्ब बनाउने र थप जलविद्युत् आयोजनामा लगानी गर्ने योजना छ ।” उनका अनुसार थप पुँजी बढाउनका लागि अर्थ मन्त्रालयले ५ अर्ब निकासा गरिसकेको छ भने हाल कम्पनीमा कर्मचारी सञ्चय कोषको १ अर्ब, राष्ट्रिय बिमा संस्थाको एक अर्ब, नागरिक लगानी कोषको १ अर्ब तथा सर्वसाधारणको २ अर्ब सेयर रहेकोमा यसलाई दोब्बर बनाउनका लागि प्रक्रिया कम्पनीले अघि बढाइसकेको छ । कम्पनीले ४२ मेगावाटको मिस्त्रीखोलामा ९८ करोड ६१ लख, २७ मेगावाटको दोर्दी खोलामा ५० करोडका साथै २३.५ मेगावाटको लोअर सोलु, २० मेगावाटको बाग्मती साना, १८ मेगावाटको अपर सोलु खोला र २५ मेगावाटको काबेली बी ए मा २०÷२० करोड लगानीको प्रतिबद्धता जनाइसकेको छ ।
त्यसैगरी कम्पनीले ८२ मेगावाटको लोअर सोलुको ६० करोड, २१.६ मेगावाटको लोअर हेवामा १५ करोड, ३० मेगावाटको न्यादीमा ४५ करोड, ४९.६ मेगावाटको सुपर दोर्दीमा ४० करोड, ८६ मेगावाटको सोलुखोला दूधकोशीमा ९० करोडका साथै ५१.४ मेगावाटको लिखु–१ र २८.१ मेगावाटको लोअर लिखु जलविद्युत् आयोजनामा ८०-८० करोड लगानीको प्रतिबद्धता जनाइसकेको छ । त्यसैगरी अन्तर्राष्ट्रिय विकास संस्थामार्फत आएको ४ अर्ब रुपैयाँ लागतको ३७.६ मेगावाटको काबेली ए मा ऋण लगानी गरेको कम्पनीले विद्युत् उत्पादन कम्पनीमार्फत अघि बढाउन लागेको ४२६ मेगावाटको फुकोट कर्णाली जलविद्युत्मा १ अर्ब २६ करोड बराबरको १० प्रतिशत सेयरसमेत हालेको छ । त्यसैगरी कम्पनीले पावर ट्रान्समिसन कम्पनीमा ५ करोड ६० लाख बराबरको १० प्रतिशत, आफ्नै सहायक कम्पनी रेमिट हाइड्रोमा २५ करोड ५० लाख रुपैयाँ बराबरको शतप्रतिशतका साथै २ करोड बराबरको ४ प्रतिशत विद्युत् उत्पादन कम्पनी, २२ लाख ५० हजार बराबरको नेपाल पावर ट्रेडिङ र नेपाल इन्जिनियरिङ कम्पनीमा १५-१५ प्रतिशत सेयर लगानी गरेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












