रुसी कम्पनीलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी
काठमाडाैँ २४, साउन । अमेरिकाले रुसमाथि प्रतिबन्धको तयारी गरेको छ । बेलायतमा गत मार्चमा पूर्वजासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई विषबाट भएको आक्रमणमा रुसको संलग्नता पुष्टि भएको भन्दै अमेरिकाले प्रतिबन्धको तयारी गरेको हो ।
रुसमाथिको यो पछिल्लो प्रतिबन्ध अगष्टको अन्त्यबाट लागु हुने बताइएको छ । नयाँ प्रतिबन्धमा इलेक्ट्रोनिकलगायत प्राविधिक सामानहरुको निर्यात पर्छन् ।
अमेरिकी विदेश मन्त्रालयको राज्य विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै पूर्व जासुसमाथिको आक्रमणमा रुस दोषी देखिएकाले प्रतिबन्ध कार्यान्वयन हुने जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता हिथर नार्टले अन्तर्राष्ट्रिय कानून उल्लंघन गर्दै रुसले आफ्नै नागरिकविरुद्ध रसायनिक तथा जैविक हतियार प्रयोग गरेकाले प्रतिबन्ध लगाउन लागेको बताएकी छन् ।
तर रुसले भने आक्रमण आफूले नगरेको भन्दै अमेरिकी आरोपको खण्डन गर्दै आइरहेको छ ।
गत मार्चमा रुसका पूर्वगुप्तचर सेर्गेई र उनकी छोरीमाथि बेलायतको साल्सबरीमा विषालु ग्यास आक्रमण भएको थियो । जसबाट गम्भीर बिरामी परेका उनीहरु लामो उपचारपछि निको भएका थिए ।
यो घटनापछि आक्रोसित भएको ट्रम्प प्रशासनले ५ दर्जन रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो । विशेष गरी रिपब्लिकन सांसदहरुले रुसले अन्तर्राष्ट्रिय कानून तोडेर रसायनिक हतियार प्रयोग गरेकाले प्रतिबन्धको माग गर्दै आएका थिए । यहीबीच अमेरिकी विदेश मन्त्रालयले रुसले १९९१ को कानून तोडेको औपचारिक रुपमा बताएको हो ।
अन्तर्राष्ट्रिय कानून उल्लंघनको आरोपमा अमेरिकाले प्रतिबन्ध लगाएको यो तेस्रो घटना हो । जसको बेलायत सरकारले स्वागत गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । आपसी तिक्तता मेटाउन दुवै देशका राष्ट्रपति सक्रिय बनिरहेका बेला विकसित भएको घटनाक्रमले दुई देशबीचको सम्बन्धलाई कता मोड्ने हो ? चासोका साथ हेरिएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












