रुसी कम्पनीलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी
काठमाडाैँ २४, साउन । अमेरिकाले रुसमाथि प्रतिबन्धको तयारी गरेको छ । बेलायतमा गत मार्चमा पूर्वजासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई विषबाट भएको आक्रमणमा रुसको संलग्नता पुष्टि भएको भन्दै अमेरिकाले प्रतिबन्धको तयारी गरेको हो ।
रुसमाथिको यो पछिल्लो प्रतिबन्ध अगष्टको अन्त्यबाट लागु हुने बताइएको छ । नयाँ प्रतिबन्धमा इलेक्ट्रोनिकलगायत प्राविधिक सामानहरुको निर्यात पर्छन् ।
अमेरिकी विदेश मन्त्रालयको राज्य विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै पूर्व जासुसमाथिको आक्रमणमा रुस दोषी देखिएकाले प्रतिबन्ध कार्यान्वयन हुने जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता हिथर नार्टले अन्तर्राष्ट्रिय कानून उल्लंघन गर्दै रुसले आफ्नै नागरिकविरुद्ध रसायनिक तथा जैविक हतियार प्रयोग गरेकाले प्रतिबन्ध लगाउन लागेको बताएकी छन् ।
तर रुसले भने आक्रमण आफूले नगरेको भन्दै अमेरिकी आरोपको खण्डन गर्दै आइरहेको छ ।
गत मार्चमा रुसका पूर्वगुप्तचर सेर्गेई र उनकी छोरीमाथि बेलायतको साल्सबरीमा विषालु ग्यास आक्रमण भएको थियो । जसबाट गम्भीर बिरामी परेका उनीहरु लामो उपचारपछि निको भएका थिए ।
यो घटनापछि आक्रोसित भएको ट्रम्प प्रशासनले ५ दर्जन रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो । विशेष गरी रिपब्लिकन सांसदहरुले रुसले अन्तर्राष्ट्रिय कानून तोडेर रसायनिक हतियार प्रयोग गरेकाले प्रतिबन्धको माग गर्दै आएका थिए । यहीबीच अमेरिकी विदेश मन्त्रालयले रुसले १९९१ को कानून तोडेको औपचारिक रुपमा बताएको हो ।
अन्तर्राष्ट्रिय कानून उल्लंघनको आरोपमा अमेरिकाले प्रतिबन्ध लगाएको यो तेस्रो घटना हो । जसको बेलायत सरकारले स्वागत गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । आपसी तिक्तता मेटाउन दुवै देशका राष्ट्रपति सक्रिय बनिरहेका बेला विकसित भएको घटनाक्रमले दुई देशबीचको सम्बन्धलाई कता मोड्ने हो ? चासोका साथ हेरिएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












