नेपाली ध्वजावाहक विमानको विश्वका कुन-कुन मुलुक गन्तब्य
काठमाडाैँ २६, साउन । विदेशी कम्पनिका वायुसेवा यात्रा गर्दा विभिन्न किसिमका झन्झट,भाषा समस्या लगायत बिभिन्न समस्याबाट नेपालि यात्रुहरु ग्रसित थिए । अब नेपालि आफ्नै देशको ध्वजाबाहाक नेपालि ह्वाटबडि विमानबाट बिश्वका थुप्रै गन्तब्यमा यात्रा गर्न सकिने छ। केही लोकप्रिय गन्तव्यको भ्रमणमा विदेशी वायुसेवाको मात्र भर पर्नुपर्ने अवस्था छैन । नेपाली तीनवटा वायुसेवा कम्पनी नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयर नेपाली झन्डा बोकेर विदेशी विमानस्थलको धावनमार्गमा दौडिन्छन् ।
नयाँदिल्ली (भारत)
भारतको राजधानी नयाँदिल्ली नेपालीहरूको वैदेशिक भ्रमणको सबैभन्दा लोकप्रिय र नजिकको गन्तव्य हो । दिल्ली घुमघाम मात्र नभई धेरै नेपालीको जनजीविकासँग पनि जोडिएको गन्तव्य हो । उपचार, व्यापार व्यवसाय र विशुद्ध घुमघामका लागि पनि धेरै नेपाली नयाँदिल्ली जाने गर्छन् । यस गन्तव्यमा नेपाल वायुसेवा निगम (नेवानी)ले दैनिक उडान गर्छ । निगमले यस रुटमा ९ हजार रुपैयाँ (एकतर्फी) हाराहारी भाडा लिन्छ ।
बेंग्लोर (भारत)
ऐतिहासिक सहर बेंग्लोरमा नेवानीले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्छ । सूचना र प्रविधिको क्षेत्रमा ठूलो फड्को मारेको यो सहरमा भ्रमण तथा अध्ययनका लागि पनि धेरै नेपाली पुग्ने गर्छन् । यस रुटमा नेपाल वायु सेवाले १३ हजार रुपैयाँ हाराहारीमा एकतर्फी सेवा दिन्छ ।
मुम्बई (भारत)
भारतको अर्को मत्वपूर्ण सहर हो मुम्बई । यस सहरमा नेवानिले काठमाडौंबाट साताको तीन उडान गर्छ । आइतबार, बुधबार र शुक्रबार नेवानिले उडान गर्छ । मुम्बई भारतको व्यापारिक तथा फिल्मी सिटीका रूपमा पनि चर्चित छ । यस रुटमा नेवानिले करिब १२ हजार रुपैयाँमा एकतर्फी उडान गर्छ ।
बनारस (भारत)
भारतको धार्मिक राजधानीका रूपमा परिचित बनारसमा बुद्ध एयरले उडान गर्दै आएको छ । अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीमध्ये बुद्धले बनारसमा मात्र उडान गरिरहेको छ । बुद्धले एकतर्फी १२ हजार रुपैयाँमा सेवा दिइरहेको छ । बुद्धले निकट भविष्यमा नेपालगन्ज दिल्ली उडान गर्ने योजना बनाएको छ ।
दमाम (साउदी अरेबिया)
साउदी अरेबियामा अहिले हिमालय एयरलाइन्सले मात्र नेपालबाट सीधा उडान गरिरहेको छ । नेवानीले पनि निकट भविष्यमै वाइडबडी जहाजबाट सेवा विस्तारको तयारी गरिरहेको छ । दमाम सहर साउदीमा तेलको राजधानीका रूपमा चर्चित छ । यस रुटमा हिमालयले करिब २३ हजार रुपैयाँ एकतर्फी उडान गरिरहेको छ । दमाममा हिमालयले हप्तामा दुई दिन बुधबार र शनिबार उडान गर्छ ।
दोहा (कतार)
कतारको राजधानी दोहा नेपालीहरूका लागि लोकप्रिय ट्राभल हब हो । खासगरी नेपालीले नै दुःख गरेर बनाएको यो सहरमा पनि नेपालका दुई वायुसेवा कम्पनी नेवानी र हिमालय एयरलाइन्सले उडान गर्छन् । दोहामा दुवै एयरलाइन्सको दैनिक उडान छ । मानवनिर्मित संरचनाबाट संसारलाई चकित पारिरहेको यस सहरमा नेवानि र हिमालयन दुवैले १९ हजार हाराहारीमा सेवा दिन्छन् । अहिले नेवानिले भने प्रमोसनल फेयरअन्तर्गत एकतर्फी ११ हजार रुपैयाँमै वाइडबडी जहाजबाट सेवा दिएको छ ।
दुबई (युइए)
युनाइटेड अरब इमिरेट्सको राजधानी हो– दुबई । मानवनिर्मित संरचनामा विश्व समुदायसँग तीव्र प्रतिस्पर्धा गरिरहेको यस सहरमै संसारको सबैभन्दा अग्लो बिल्डिङ बुर्ज खालिफा छ । लक्जरी ट्राभलका लागि संसारभरका पर्यटक यहाँ आउँछन् । यस सहरमा हिमालय एयरलाइन्सले सातामा चार उडान गर्छ भने नेवानिले दैनिक उडान गर्दै आएको छ ।
क्वालालम्पुर (मलेसिया)
मलेसियाको राजधानी क्वालालम्पुर धेरै नेपालीले सहजै घुम्न सक्ने गन्तव्य हो । भव्य मानवनिर्मित संरचनाले यो सहरमा धेरै पर्यटक आकर्षित गर्छ । मलेसियामा हिमालय एयरलाइन्सले साताको तीन र नेवानिले साताको चार उडान गर्छन् । यस रुटमा पनि नेवानिले करिब १९ हजार र हिमालयले २० हजार लिन्छन् ।
हङकङ
लाहुरेहरूले धेरै यात्रा गर्ने सहर हो हङकङ । यहाँ नेवानिले सोमबार, बुधबार र शुक्रबार उडान गर्छ । ट्रान्जिट हबका रूपमा पनि परिचित यस सहरले पनि बर्सेनि हजारौँ नेपालीलाई आकर्षित गरिरहेको छ । यहाँ नेवानिले करिब ३२ हजार रुपैयाँमा सेवा दिन्छ ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












