समुन्द्र नभएको देशमा, सिम्यान्स पासपोर्ट ?
काठमाडाैँ २७, साउन । नेपालीमा चर्चित उखान छ –नानी पाउनु कहिले कहिले, कोक्रो बुन्नु अहिले ! सहरदेखि गाउँ तथा दूरदराजसम्म नै यो उखान चर्चित छ । सरकारले पनि यो उखानसँग ठ्याक्कै मेल खानेगरी राहदानी ऐनमै ‘सिम्यान्स पासपोर्ट’को व्यवस्था गर्न लागेको छ ।
नेपाल न समुद्रसँग जोडिएको छ, न त तत्कालै जोडिएर सामुद्रिक व्यापार-व्यवसायको थालनी हुनसक्ने अवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्षभित्र नेपाललाई समुद्रसँग जोडेर पानीजहाज चलाउने दावी गरेकै आधारमा परराष्ट्र मन्त्रालयले ‘राहदानी ऐन २०७५’ सम्बन्धी प्रस्तावित ऐनमै सामुद्रिक राहदानी प्रदान गर्ने व्यवस्था समावेश गरेको हो । नयाँ ऐन लागू भएपछि राहदानी ऐन २०२४ मा उल्लेख ४ वटा राहदानीबाहेक सिम्यान्स र सर्भिस राहदानी थप गरिएको हो । राहदानी ऐन २०२४ र त्यका आधारमा बनेको नियमावली २०६७ अनुसार अहिले कूटनीतिक (रातो) विशेष (निलो) साधारण (हरियो) र ट्राभल डकुमेन्ट (कालो) रंगमा ४ प्रकारका राहदानी जारी गर्दै आएकोमा नयाँ व्यवस्थाअनुसार सर्भिस राहदानी र सिम्यान्स राहदानी थप गरिएको छ । । सर्भिस राहदानी राष्ट्रसेवक कर्मचारीका लागि सञ्चालनमा ल्याइने छ भने सिम्यान्स राहदानी समुद्रमा काम गर्ने नेपाली चालक देखि मजदूरलगायत प्रयोगकर्ताका लागि जारी गरिने छ ।
यसैगरी, सरकारले राहदानी दुरूपयोग गर्नेमाथि पनि कडा नीति अपनाउने भएको छ । राहदानी दुरूपयोग गर्ने र दुरूपयोगमा मतियार रहेका बिरुद्धको कारबाहीलाई प्रभावकारी बनाउन कैद र विगो÷जरिवानाको मात्रा उल्लेख्य वृद्धि गरिएको छ । राहदानी ऐन २०२४ अनुसार कसैले राहदानी दुरूपयोग संलग्न व्यक्ति र दुरूपयोग गर्न सघाउने मतियारलाई १ वर्षसम्म कैद वा ५ सय रूपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । तर सरकारले संघीय संसदमा पेश गरेको ऐन २०७५ सम्बन्धी विधेयकमा राहदानी दुरूपयोग गर्नेमाथि यसअघि कायम रहेको कैद र बिगो सजायँको मात्रामा उल्लेख्य वृद्धि गरेर संलग्नविरुद्ध १ वर्षेदेखि ३ वर्षसम्म कैद वा २ लाखदेखि ५ लाखसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको छ ।
६ परिच्छेद, ३५ दफा र १० पृष्ठ लामो विधेयक पारित भएमा मानव तस्कर वा अन्य व्यक्तिले सजिलै राहदानी दुरूपयोग गर्न नसक्ने मन्त्रालयका अधिकारीको दावी छ । विधेयकको दफा २२ अनुसार राहदानी दुरूपयोग गर्नेमाथि १ वर्षदेखि ३ वर्षसम्म कैद र २ लाख देखि ५ लाख रूपैयाँ सम्म जरिवाना वा दुवै सजायँ हुनसक्छ ।
विधेयकमा समावेश व्यवस्थाअनुसार झुटा विवरणबाट राहदानी वा यात्रा अनुमति पत्र लिएमा तथा लिने प्रयत्न गरेमा पनि त्यस्ता व्यक्ति सजायको भागीदार हुनुपर्ने छ । यस्तै, राहदानी वा यात्रा अनुमतिपत्र नलिइ विदेश भ्रमण गरेमा, सरकारको आदेश पालना नगरेमा, राहदानीमा फोटो तथा विवरण सच्याएमा वा अरुको राहदानी मञ्जुरी नलिइ राखेमा त्यस्ता व्यक्तिलाई ३ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
यस्तो अपराधमा संलग्न मतियारलाई मूक्त अभियुक्तले पाउने सजायको आधा बराबरको सजाय हुने छ । त्यसैगरी गैरनेपाली नागरिकसहित राहदानी वा अध्यागमन कानुन उल्लंघनमा दोषी ठहर र छानबिनमा रहेका, कालो सूचिमा परेका, भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, अपहरण तथा लागूऔषध, अवैध हातहतियार कारोबार, संगठित अपराध वा आतंकवाद कसूरमा अदालतबाट दोषी ठहर भएका तथा छानबिनका क्रममा रहेका र सरकारबाट विदेश जान रोक लगाएका व्यक्तिलाई राहदानी जारी नगरिने प्रस्तावित कानुनमा उल्लेख छ । यद्यपि, संगठित अपराध, भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरण, कालोसूची र राहदानी तथा अध्यागमन कानुनमा अदालतबाट सर्फा पाएका व्यक्तिलाई भने राहदानी दिनसकिने व्यवस्था छुट दिइएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












