विश्व बैंकले ५ खर्ब ४० अर्ब ऋण दिने, प्राथमिक क्षेत्र अझै निर्धारण भएन
काठमाडाैँ २७, सााउन । संघीयता कार्यान्वयन र विकासको लक्ष्यलाई पूरा गर्नका लागि विश्व बैंकले नेपाललाई ५ खर्ब ४० अर्ब बराबरको सहयोग गर्ने भएको छ ।
तर खर्च कुन कुन परियोजनामा कसरी गर्ने र त्यसबाट के कस्तो प्रतिफल खोज्ने भन्ने बारेमा सरकारले हालसम्म ठोस रुपमा कुनै पनि कार्ययोजना बनाएको छैन ।
ऋण तथा अनुदान जुन रुपमा विजदेशी दातृ निकायको पैसा ल्याएपनि त्यसबाट मुलुकको आर्थिक विकास र समृद्धिमा जोडन सके मात्रै फाइदा हुे देखिएको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले विश्व बैंकले नेपालललाई सन् २०१९ देखि हाल उपलब्ध गराइरहेको सहयोग रकम दोब्बर बनाउने विश्वास दिलाएको जानकारी दिएका छन् ।
हाल बैंकले नेपाललाई २ अर्ब ७० करोड डलरु अर्थात २ खर्ब ७० अर्ब बराबर्को सहयोग विभिन्न २३ आयोजनामा गरिरहेको छ ।
तर दातृ निकायबाट लिइएका सहयोगको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । विश्व बैंक मात्रै नभई एसियाली विकास बैंकबाट लिइएको रकमको समेत प्रभावकारी खर्च हुन सकेको छैन ।
एसियाली विकास बैंकले केही समय पहिले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा कूल १८ प्रतिशत मात्रै रकम खर्च भएको जनाएको थियो ।
अर्थमन्त्रीले भूकम्प पछिको पुनः निर्माणका लागि समेत विश्व बैंकसँग सहायता रकम थप गिरिदिन आग्रह गरेको बताएका छन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ८ लाख बढी भूकम्प पीडितलाई थप १ लाख सहायता रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।
सरकारी ढुकुटीमा पैसा नभएको भन्दै वर्तमान केपी ओली नेतृत्वको सरकारले सो रकम तत्काल दिन नसकिने निर्णय गरेको छ ।
यस्तै ऊर्जा, भौीतक पूर्वाधारका क्षेत्रमा समेत लगानी गर्न थप रकम जरुरी रहेको अर्थमन्त्रीको भनाइ छ । तर कुन क्षेत्रलाई प्राथमिकतामा राखेर खर्च गर्ने भन्ने बारेमा सरकारले कुनै पनि योजना नबनाएका कारण थप ऋण रकम लिएर त्यसबाट पर्ने प्रभाव र अर्थतन्त्रमा देखिने नकारात्मक लक्ष्णलाई के कसरी सम्बोधन गर्ने भन्ने बारेमा सरकारको कुनै योजना भने देखिदैन ।
विश्व बैंकले सन् २०१९ देखि ५ वर्षिय रणनीति अन्तर्गत सन् २०२३ सम्म क्रमशः सहायता रकम वृद्धि गदैृ जाने प्रतिवद्धता जनाएको छ । सो बैंकले ऊर्जा, भौतिक पूर्वाधार तथा अन्य केही महत्वपूर्ण आयोजनामा खर्च गरिरहेको छ ।
सरकारले भने सरकारको प्राथमिकताको क्षेत्रमा मात्रै खर्च गर्ने गरी योजनाको तयारी भएको दावी गरेको छ । तर कुन कुन क्षेत्रमा खर्च कसरी गर्ने भन्ने बारेमा हालसम्म प्रष्ट रुपमा कुनै पनि जानकारी गराएको छैन
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












