विश्व बैंकले ५ खर्ब ४० अर्ब ऋण दिने, प्राथमिक क्षेत्र अझै निर्धारण भएन
काठमाडाैँ २७, सााउन । संघीयता कार्यान्वयन र विकासको लक्ष्यलाई पूरा गर्नका लागि विश्व बैंकले नेपाललाई ५ खर्ब ४० अर्ब बराबरको सहयोग गर्ने भएको छ ।
तर खर्च कुन कुन परियोजनामा कसरी गर्ने र त्यसबाट के कस्तो प्रतिफल खोज्ने भन्ने बारेमा सरकारले हालसम्म ठोस रुपमा कुनै पनि कार्ययोजना बनाएको छैन ।
ऋण तथा अनुदान जुन रुपमा विजदेशी दातृ निकायको पैसा ल्याएपनि त्यसबाट मुलुकको आर्थिक विकास र समृद्धिमा जोडन सके मात्रै फाइदा हुे देखिएको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले विश्व बैंकले नेपालललाई सन् २०१९ देखि हाल उपलब्ध गराइरहेको सहयोग रकम दोब्बर बनाउने विश्वास दिलाएको जानकारी दिएका छन् ।
हाल बैंकले नेपाललाई २ अर्ब ७० करोड डलरु अर्थात २ खर्ब ७० अर्ब बराबर्को सहयोग विभिन्न २३ आयोजनामा गरिरहेको छ ।
तर दातृ निकायबाट लिइएका सहयोगको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । विश्व बैंक मात्रै नभई एसियाली विकास बैंकबाट लिइएको रकमको समेत प्रभावकारी खर्च हुन सकेको छैन ।
एसियाली विकास बैंकले केही समय पहिले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा कूल १८ प्रतिशत मात्रै रकम खर्च भएको जनाएको थियो ।
अर्थमन्त्रीले भूकम्प पछिको पुनः निर्माणका लागि समेत विश्व बैंकसँग सहायता रकम थप गिरिदिन आग्रह गरेको बताएका छन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ८ लाख बढी भूकम्प पीडितलाई थप १ लाख सहायता रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।
सरकारी ढुकुटीमा पैसा नभएको भन्दै वर्तमान केपी ओली नेतृत्वको सरकारले सो रकम तत्काल दिन नसकिने निर्णय गरेको छ ।
यस्तै ऊर्जा, भौीतक पूर्वाधारका क्षेत्रमा समेत लगानी गर्न थप रकम जरुरी रहेको अर्थमन्त्रीको भनाइ छ । तर कुन क्षेत्रलाई प्राथमिकतामा राखेर खर्च गर्ने भन्ने बारेमा सरकारले कुनै पनि योजना नबनाएका कारण थप ऋण रकम लिएर त्यसबाट पर्ने प्रभाव र अर्थतन्त्रमा देखिने नकारात्मक लक्ष्णलाई के कसरी सम्बोधन गर्ने भन्ने बारेमा सरकारको कुनै योजना भने देखिदैन ।
विश्व बैंकले सन् २०१९ देखि ५ वर्षिय रणनीति अन्तर्गत सन् २०२३ सम्म क्रमशः सहायता रकम वृद्धि गदैृ जाने प्रतिवद्धता जनाएको छ । सो बैंकले ऊर्जा, भौतिक पूर्वाधार तथा अन्य केही महत्वपूर्ण आयोजनामा खर्च गरिरहेको छ ।
सरकारले भने सरकारको प्राथमिकताको क्षेत्रमा मात्रै खर्च गर्ने गरी योजनाको तयारी भएको दावी गरेको छ । तर कुन कुन क्षेत्रमा खर्च कसरी गर्ने भन्ने बारेमा हालसम्म प्रष्ट रुपमा कुनै पनि जानकारी गराएको छैन
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












