पुर्ब जनमुक्ति सेना मुख्यालय शक्तिखोर, नयाँ पर्यटकीय गन्तब्य !
काठमाडाैँ २७, साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन माओवादीको तेस्रो डिभिजन रहेको शक्तिखोर व्यारेक भएको स्थानलाई युद्ध सम्बन्धी पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिने बताएका छन् ।
चितवनको भरतपुरमा भएको पर्यटन विकास सम्बन्धी छलफल कार्यक्रममा स्थानीय कालिका नगरपालिकाका तर्फबाट गरिएको प्रस्तावमाथि टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले शक्तिखोर ऐतिहासिक स्थान भएकोले औद्योगिक क्षेत्रका साथसाथैं युद्ध पर्यटन स्थलका रुपमा विकास गर्न सकिने बताएका हुन् ।
तत्कालिन माओवादीका लडाकुहरूको मूख्यालय चितवनको शक्तिखोरमा थियो । २०६७ साल माघ ८ गते तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादीका अध्यक्ष प्रचण्डले संयुक्त राष्ट्रसंघलगायतका विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरूको उपस्थितिमा माओवादी लडाकुलाई सेना समायोजन तथा पुनःस्थापना विशेष समितिको मातहतमा ल्याउने सहमति गरेका थिए ।
देशभरका ७ वटा शिविरमा रहेका १९ हजार ६ सय माओबादी लडाकुलाई प्रधानमन्त्री संयोजक रहेको विशेष समितिको मातहतमा ल्याउने काम यहीँ भएकोले शक्तिखोरलाई माओवादी युद्धको ऐतिहासिक र सफल अवतरण भएको केन्द्रका रुपमा विकास गर्न सकिने प्रचण्डको भनाइ छ ।
अध्यक्ष प्रचण्डले भने, ‘विभिन्न देशहरुले इतिहासमा भएका धेरै राम्रा र नराम्रा कामहरुको स्मरणमा स्मारकहरु बनाएर आर्थिक उपार्जनमा प्रयोग गरेका छन्, हामीले पनि शक्तिखोरमा यस्तै ऐतिहासिक केन्द्र बनाएर व्यापारमा किन नबदल्ने, आर्थिक रुपान्तरणमा सदुपयोग किन नगर्ने ?’
कालिका नगरपालिका ८ मा रहेको शक्तिखोरलाई ऐतिहासिक केन्द्र बनाउने विषयमा नगरपालिकाले ‘कन्सेप्ट पेपर’ तयार गरी साझेदारी गर्ने हिसाबले लाग्ने नगरपालिका मेयर खुमनारायण श्रेष्ठले बताए । ‘अध्यक्ष प्रचण्डको भनेको विषयले हामी उत्साहित भएका छौं, मैले नै अध्यक्षसँग यो प्रस्ताव गरेको हुँ, उनले सकारात्मक रूपमा लिनुभएको छ।’ मेयर श्रेष्ठले भने ।
कालिका पर्यटन विकास समितिका अध्यक्ष हिम्मत पुरीले माओवादी युद्धसँग सम्बन्धित विषयमा सन्र्दभ सामाग्रीहरुलाई संकलन गरेर संग्राहलयको रुपमा विकास गर्न सकिने बताए ।
‘नेपालमा दीर्घकालीन शान्तिको सुनिश्चिता यही शक्तिखोरको माटोमा टेकेर यहाँको स्वच्छ हावाको स्वास लिएर गरिएको थियो’ पुरीले भने, ‘यस्तो ऐतिहासिक ठाउँहरुलाई संग्रहालयका साथसाथै स्मारक निर्माण गर्ने, डकुमेन्ट्रीहरु तयार गर्ने र देश विदेशका मान्छेहरुका लागि एक अध्ययन र अनुसन्धानको थलो बनाउन सकिन्छ ।’
नेपालको १० बर्षे लामो हिंसात्मक युद्धको विधिवत अन्त्य भएको विषयमा शोध गर्न र शान्ति अवतरणको मोडलका विषयमा जानकारी लिने स्थलका रुपमा विकास गर्न सकिने अध्यक्ष पुरीले बताए । कालिका पर्यटन विकास समितिले शक्तिखोरलाई पर्यटकीय केन्द्र बनाउने प्रस्ताव गदैं आएको छ । अहिले यहाँ नेपाली सेना बस्दै आएको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












