पुर्ब जनमुक्ति सेना मुख्यालय शक्तिखोर, नयाँ पर्यटकीय गन्तब्य !
काठमाडाैँ २७, साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन माओवादीको तेस्रो डिभिजन रहेको शक्तिखोर व्यारेक भएको स्थानलाई युद्ध सम्बन्धी पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिने बताएका छन् ।
चितवनको भरतपुरमा भएको पर्यटन विकास सम्बन्धी छलफल कार्यक्रममा स्थानीय कालिका नगरपालिकाका तर्फबाट गरिएको प्रस्तावमाथि टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले शक्तिखोर ऐतिहासिक स्थान भएकोले औद्योगिक क्षेत्रका साथसाथैं युद्ध पर्यटन स्थलका रुपमा विकास गर्न सकिने बताएका हुन् ।
तत्कालिन माओवादीका लडाकुहरूको मूख्यालय चितवनको शक्तिखोरमा थियो । २०६७ साल माघ ८ गते तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादीका अध्यक्ष प्रचण्डले संयुक्त राष्ट्रसंघलगायतका विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरूको उपस्थितिमा माओवादी लडाकुलाई सेना समायोजन तथा पुनःस्थापना विशेष समितिको मातहतमा ल्याउने सहमति गरेका थिए ।
देशभरका ७ वटा शिविरमा रहेका १९ हजार ६ सय माओबादी लडाकुलाई प्रधानमन्त्री संयोजक रहेको विशेष समितिको मातहतमा ल्याउने काम यहीँ भएकोले शक्तिखोरलाई माओवादी युद्धको ऐतिहासिक र सफल अवतरण भएको केन्द्रका रुपमा विकास गर्न सकिने प्रचण्डको भनाइ छ ।
अध्यक्ष प्रचण्डले भने, ‘विभिन्न देशहरुले इतिहासमा भएका धेरै राम्रा र नराम्रा कामहरुको स्मरणमा स्मारकहरु बनाएर आर्थिक उपार्जनमा प्रयोग गरेका छन्, हामीले पनि शक्तिखोरमा यस्तै ऐतिहासिक केन्द्र बनाएर व्यापारमा किन नबदल्ने, आर्थिक रुपान्तरणमा सदुपयोग किन नगर्ने ?’
कालिका नगरपालिका ८ मा रहेको शक्तिखोरलाई ऐतिहासिक केन्द्र बनाउने विषयमा नगरपालिकाले ‘कन्सेप्ट पेपर’ तयार गरी साझेदारी गर्ने हिसाबले लाग्ने नगरपालिका मेयर खुमनारायण श्रेष्ठले बताए । ‘अध्यक्ष प्रचण्डको भनेको विषयले हामी उत्साहित भएका छौं, मैले नै अध्यक्षसँग यो प्रस्ताव गरेको हुँ, उनले सकारात्मक रूपमा लिनुभएको छ।’ मेयर श्रेष्ठले भने ।
कालिका पर्यटन विकास समितिका अध्यक्ष हिम्मत पुरीले माओवादी युद्धसँग सम्बन्धित विषयमा सन्र्दभ सामाग्रीहरुलाई संकलन गरेर संग्राहलयको रुपमा विकास गर्न सकिने बताए ।
‘नेपालमा दीर्घकालीन शान्तिको सुनिश्चिता यही शक्तिखोरको माटोमा टेकेर यहाँको स्वच्छ हावाको स्वास लिएर गरिएको थियो’ पुरीले भने, ‘यस्तो ऐतिहासिक ठाउँहरुलाई संग्रहालयका साथसाथै स्मारक निर्माण गर्ने, डकुमेन्ट्रीहरु तयार गर्ने र देश विदेशका मान्छेहरुका लागि एक अध्ययन र अनुसन्धानको थलो बनाउन सकिन्छ ।’
नेपालको १० बर्षे लामो हिंसात्मक युद्धको विधिवत अन्त्य भएको विषयमा शोध गर्न र शान्ति अवतरणको मोडलका विषयमा जानकारी लिने स्थलका रुपमा विकास गर्न सकिने अध्यक्ष पुरीले बताए । कालिका पर्यटन विकास समितिले शक्तिखोरलाई पर्यटकीय केन्द्र बनाउने प्रस्ताव गदैं आएको छ । अहिले यहाँ नेपाली सेना बस्दै आएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












