भारतीय पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको अवस्था नाजूक
दिल्ली-भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको अवस्था निरन्तर नाजूक हुदैं गएको छ । उनलाई भर्ना गरिएको दिल्लीस्थित सरकारी अस्पताल एम्सले एक विज्ञप्ति जारी सो जानकारी दिएको हो ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको अवस्था निरन्तर उस्तै छ । उनी नाजूक अवस्थामा छन् र हाल लाईफ सपोर्ट सिस्टममा छन् ।’
बिहिबार बिहान शीर्ष नेताहरु तथा केन्द्रीय मन्त्रीहरु नयाँ दिल्लीस्थित एम्स अस्पताल पुगेर विरामी पूर्वप्रधानमन्त्रीलाई भेटेका छन् । बुधबार अवस्था अचानक खराब भएपछि उनलाई लाईफ सपोर्टमा राखिएको थियो ।
बाजपेयीलाई भेट्न भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी, भारतका उप–राष्ट्रपति भेन्काइए नाइडू, भाजपाका अध्यक्ष अमित शाह तथा केन्द्रीय मन्त्रीहरु राजनाथ सिंह र जेपी नद्द रहेका छन् ।
यी ९३ वर्षे भाजपा नेतालाई जचाइरहेका डाक्टरहरु भने उनको अवस्थाबारे मौन बसेका छन् । तर अस्पतालको स्रोतले भने अवस्था दयनीय रहेको बताएको छ । बुधबार साँझमा जारी एक वक्तव्यमा अस्पतालले विगत २४ घण्टामा उनको अवस्था बिग्रदै गएको जनाएको छ ।
‘पूर्वप्रधानमन्त्ती श्री अटलबिहारी बाजपेयी विगत नौं हप्तादेखि एम्समा भर्ना भइरहेको छन्…उनको अवस्था नाजूक छ र उनी लाईफ सपोर्टमा छन्,’ रातको १०ः०८ मा जारी वक्तव्यमा भनिएको छ ।
बुधबार बिहान प्रधानमन्त्री मोदी पनि बाजपेयीको अवस्था बुझ्न एम्स पुगेका थिए । दिल्लीका मुख्यमन्त्री तथा आमआद्मी पार्टीका नेता पनि आज बेलुका बाजपेयीलाई हेर्न अस्पताल जाँदै छन् । त्यस्तै बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जी पनि बाजपेयीको अवस्था बुझ्नको लागि दिल्ली आउँदै छिन् ।
पूर्वप्रधानमन्त्री बाजपेयीलाई सन् २००९ मा स्ट्रोक भएदेखि उनको समग्र स्वास्थ अवस्था बिग्रिएको थियो । त्यसका अतिरिक्त उनलाई डायबिटिज, एक मात्र काम गर्ने मृगौला रहेको स्ट्रोकपछि डिमेन्सियाको विकासजस्ता रोगहरु पनि रहेको छ ।
बाजपेयीलाई मृगोली नलीको संक्रमण, छातिमा अवरोध र पिसाब नली संक्रमण र न्यू पिसाब उत्सर्जनजस्ता समस्या देखिएपछि जुन ११ मा एम्स भर्ना गरिएको थियो ।
अटल विहारी बाजपेयी सन् १९८० मा भाजपाको निर्माण हुँदा यसको पहिलो अध्यक्ष थिए । त्यसबेला भाजपा निकै सानो पार्टी थियो । पछि उनको नेतृत्वमा भाजपाले सरकार बनायो । उनी सन् १९९८ देखि २००४ सम्म प्रधानमन्त्री भए ।
भारतीय राजनीतिमा उनलाई काङ्ग्रेसको एकछत्र प्रधानता रहेको अवस्थालाई भाजपामार्फत तोडेको जस दिइन्छ भने अर्कोतर्फ उनले अति हिन्दूवादी संगठन आरएसएसको मुद्धालाई मुलधारमा ल्याएको आरोप पनि लाग्ने गर्छ ।
खासमा भाजपा आरएसएसको भगिनी पार्टीको रुपमा काम गर्छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












