भारतीय पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको अवस्था नाजूक
दिल्ली-भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको अवस्था निरन्तर नाजूक हुदैं गएको छ । उनलाई भर्ना गरिएको दिल्लीस्थित सरकारी अस्पताल एम्सले एक विज्ञप्ति जारी सो जानकारी दिएको हो ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको अवस्था निरन्तर उस्तै छ । उनी नाजूक अवस्थामा छन् र हाल लाईफ सपोर्ट सिस्टममा छन् ।’
बिहिबार बिहान शीर्ष नेताहरु तथा केन्द्रीय मन्त्रीहरु नयाँ दिल्लीस्थित एम्स अस्पताल पुगेर विरामी पूर्वप्रधानमन्त्रीलाई भेटेका छन् । बुधबार अवस्था अचानक खराब भएपछि उनलाई लाईफ सपोर्टमा राखिएको थियो ।
बाजपेयीलाई भेट्न भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी, भारतका उप–राष्ट्रपति भेन्काइए नाइडू, भाजपाका अध्यक्ष अमित शाह तथा केन्द्रीय मन्त्रीहरु राजनाथ सिंह र जेपी नद्द रहेका छन् ।
यी ९३ वर्षे भाजपा नेतालाई जचाइरहेका डाक्टरहरु भने उनको अवस्थाबारे मौन बसेका छन् । तर अस्पतालको स्रोतले भने अवस्था दयनीय रहेको बताएको छ । बुधबार साँझमा जारी एक वक्तव्यमा अस्पतालले विगत २४ घण्टामा उनको अवस्था बिग्रदै गएको जनाएको छ ।
‘पूर्वप्रधानमन्त्ती श्री अटलबिहारी बाजपेयी विगत नौं हप्तादेखि एम्समा भर्ना भइरहेको छन्…उनको अवस्था नाजूक छ र उनी लाईफ सपोर्टमा छन्,’ रातको १०ः०८ मा जारी वक्तव्यमा भनिएको छ ।
बुधबार बिहान प्रधानमन्त्री मोदी पनि बाजपेयीको अवस्था बुझ्न एम्स पुगेका थिए । दिल्लीका मुख्यमन्त्री तथा आमआद्मी पार्टीका नेता पनि आज बेलुका बाजपेयीलाई हेर्न अस्पताल जाँदै छन् । त्यस्तै बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जी पनि बाजपेयीको अवस्था बुझ्नको लागि दिल्ली आउँदै छिन् ।
पूर्वप्रधानमन्त्री बाजपेयीलाई सन् २००९ मा स्ट्रोक भएदेखि उनको समग्र स्वास्थ अवस्था बिग्रिएको थियो । त्यसका अतिरिक्त उनलाई डायबिटिज, एक मात्र काम गर्ने मृगौला रहेको स्ट्रोकपछि डिमेन्सियाको विकासजस्ता रोगहरु पनि रहेको छ ।
बाजपेयीलाई मृगोली नलीको संक्रमण, छातिमा अवरोध र पिसाब नली संक्रमण र न्यू पिसाब उत्सर्जनजस्ता समस्या देखिएपछि जुन ११ मा एम्स भर्ना गरिएको थियो ।
अटल विहारी बाजपेयी सन् १९८० मा भाजपाको निर्माण हुँदा यसको पहिलो अध्यक्ष थिए । त्यसबेला भाजपा निकै सानो पार्टी थियो । पछि उनको नेतृत्वमा भाजपाले सरकार बनायो । उनी सन् १९९८ देखि २००४ सम्म प्रधानमन्त्री भए ।
भारतीय राजनीतिमा उनलाई काङ्ग्रेसको एकछत्र प्रधानता रहेको अवस्थालाई भाजपामार्फत तोडेको जस दिइन्छ भने अर्कोतर्फ उनले अति हिन्दूवादी संगठन आरएसएसको मुद्धालाई मुलधारमा ल्याएको आरोप पनि लाग्ने गर्छ ।
खासमा भाजपा आरएसएसको भगिनी पार्टीको रुपमा काम गर्छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












