‘विश्वको सबैभन्दा गरिब’ कम्युनिष्ट राष्ट्रपति
काठमाडाैँ २,भदाै । उरुग्वेका पूर्वराष्ट्रपति होजे मुहिकालाई ‘विश्वको सबैभन्दा गरिब राष्ट्रपति’ भनिन्छ । त्यसको कारण उनको ज्यादै साधारण जीवनशैली हो । राजनीतिबाट रिटायर्ड भएपछि पनि उनले पेन्सन लिन समेत इन्कार गरे । पदमा रहँदा पनि उनले आफ्नो सबै पारिश्रमिक दान गरेका थिए ।
राष्ट्रपति बनेपछि पनि मुहिका सन् २०१५ मा उरुग्वेको संसदको सिनेटर बने । गत मंगलबार उनले आफ्नो कार्यकाल सकिनुभन्दा अगाडि नै पदबाट राजीनामा दिए । ८३ वर्षीय मुहिकाले भनेका छन्-मैले आफ्नो कार्यकाल पूरा गर्न सक्दिनँ । किनकि यो लामो यात्रामा म थाकिसकेको छु ।
मुहिकाले सिनेटको अध्यक्ष एवम् उपराष्ट्रपति लुसिया तोपोलान्स्कीलाई आफ्नो राजीनामा पत्र पुर्याएका थिए । लुसिया मुहिकाको श्रीमती पनि हुन् ।
उक्त पत्रमा राजीनामा दिनुको कारण ‘व्यक्तिगत’ भनिएको छ ।
वामपन्थी नेता मुहिकाले राजीनामा पत्रमा लेखेका छन्, ‘तर पनि जबसम्म मेरो दिमागले काम गरिरहन्छ, म एकता र विचारको लडाइँबाट राजीनामा दिन सक्दिनँ ।
साधारण जीवनशैली
मुहिका राष्ट्रपति बनेपछि विशाल भवनमा बस्न अस्वीकार गरेका थिए । उनी आफ्नी पत्नीसँग राजधानी मोन्टेविडियोको बाहिरी इलाकाको एक फार्म हाउसमा बस्दै आएका छन् । यी दुवै पति-पत्नी विद्रोही ग्रुपका सदस्य समेत थिए ।
राष्ट्रपतिको पदमा रहुन्जेलसम्म उनले आफ्नो अधिकांश तलब दान गरेका थिए । सन् २०१० मा राष्ट्रपति बनेपछि उनीसँग सम्पत्तिको नाममा केबल १९८७ फोक्सवागन भिटल कार थियो ।
हल्का नीलो रंगको उक्त कार निकै प्रसिद्ध भयो र सन् २०१४ मा एक व्यक्तिले १० लाख डलरमा उक्त कार किन्न खोजे । तर मुहिकाले बेच्न मानेनन् । त्यतिबेला उनले मैले यो कार बेचें भने मेरो कुकुरलाई घुमाउन लैजान पाउँदैन भनेका थिए ।
छुचो बोलीका कारण विवाद
मुहिका छुचो बोलीका कारण कहिले काहिँ विवादमा पनि आउँछन् । कतिपटक त उनले माफी पनि माग्नु परेको छ ।
राजीनामा पत्रमा पनि उनले आफ्नो बोलीको कारण कसैलाई दुःखी बनाएको भए म माफी माग्दछु पनि भनेका छन् ।
सन् २०१३ मा उनले अर्जेन्टिनाको तत्कालीन राष्ट्रपति क्रिस्टिनालाई ‘बूढी बोक्सी’ भनिदिएका थिए । यसैगरी सन् २०१६ मा भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोलाई पनि उनले ‘पागल बाख्रो जस्तो’ भनेर टिप्पणी गरेका थिए ।
मुहिकाको राजीनामा अचानक आएको भने होइन । उनले यसअघि नै भनेका थिए कि ३ अगस्टमा संसदमा म अन्तिम पटक आउने छु । उनले पदबाट किन राजीनामा दिए भन्ने वास्तविक कुरा अहिले एकिन भइसकेको छैन । तर सिनेटर लुईस अलबर्टो हीबरले भने आफूले मुहिका सन् २०१९ मा फेरि राष्ट्रपति लड्ने तयारी गरेको र त्यसैका लागि राजीनामा दिएको सुनेको बताएका छन् ।
समर्थकहरुले आगामी दिनको मुहिकालाई शुभकामना दिए पनि सामाजिक सन्जालहरुमा भने केही आलोचना भएको छ । मुहिका ७० को दशकमा विद्रोही समूहमा सामेल भएकाले माफी माग्नुपर्ने उनका आलोचकहरुले बताएका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












