‘विश्वको सबैभन्दा गरिब’ कम्युनिष्ट राष्ट्रपति
काठमाडाैँ २,भदाै । उरुग्वेका पूर्वराष्ट्रपति होजे मुहिकालाई ‘विश्वको सबैभन्दा गरिब राष्ट्रपति’ भनिन्छ । त्यसको कारण उनको ज्यादै साधारण जीवनशैली हो । राजनीतिबाट रिटायर्ड भएपछि पनि उनले पेन्सन लिन समेत इन्कार गरे । पदमा रहँदा पनि उनले आफ्नो सबै पारिश्रमिक दान गरेका थिए ।
राष्ट्रपति बनेपछि पनि मुहिका सन् २०१५ मा उरुग्वेको संसदको सिनेटर बने । गत मंगलबार उनले आफ्नो कार्यकाल सकिनुभन्दा अगाडि नै पदबाट राजीनामा दिए । ८३ वर्षीय मुहिकाले भनेका छन्-मैले आफ्नो कार्यकाल पूरा गर्न सक्दिनँ । किनकि यो लामो यात्रामा म थाकिसकेको छु ।
मुहिकाले सिनेटको अध्यक्ष एवम् उपराष्ट्रपति लुसिया तोपोलान्स्कीलाई आफ्नो राजीनामा पत्र पुर्याएका थिए । लुसिया मुहिकाको श्रीमती पनि हुन् ।
उक्त पत्रमा राजीनामा दिनुको कारण ‘व्यक्तिगत’ भनिएको छ ।
वामपन्थी नेता मुहिकाले राजीनामा पत्रमा लेखेका छन्, ‘तर पनि जबसम्म मेरो दिमागले काम गरिरहन्छ, म एकता र विचारको लडाइँबाट राजीनामा दिन सक्दिनँ ।
साधारण जीवनशैली
मुहिका राष्ट्रपति बनेपछि विशाल भवनमा बस्न अस्वीकार गरेका थिए । उनी आफ्नी पत्नीसँग राजधानी मोन्टेविडियोको बाहिरी इलाकाको एक फार्म हाउसमा बस्दै आएका छन् । यी दुवै पति-पत्नी विद्रोही ग्रुपका सदस्य समेत थिए ।
राष्ट्रपतिको पदमा रहुन्जेलसम्म उनले आफ्नो अधिकांश तलब दान गरेका थिए । सन् २०१० मा राष्ट्रपति बनेपछि उनीसँग सम्पत्तिको नाममा केबल १९८७ फोक्सवागन भिटल कार थियो ।
हल्का नीलो रंगको उक्त कार निकै प्रसिद्ध भयो र सन् २०१४ मा एक व्यक्तिले १० लाख डलरमा उक्त कार किन्न खोजे । तर मुहिकाले बेच्न मानेनन् । त्यतिबेला उनले मैले यो कार बेचें भने मेरो कुकुरलाई घुमाउन लैजान पाउँदैन भनेका थिए ।
छुचो बोलीका कारण विवाद
मुहिका छुचो बोलीका कारण कहिले काहिँ विवादमा पनि आउँछन् । कतिपटक त उनले माफी पनि माग्नु परेको छ ।
राजीनामा पत्रमा पनि उनले आफ्नो बोलीको कारण कसैलाई दुःखी बनाएको भए म माफी माग्दछु पनि भनेका छन् ।
सन् २०१३ मा उनले अर्जेन्टिनाको तत्कालीन राष्ट्रपति क्रिस्टिनालाई ‘बूढी बोक्सी’ भनिदिएका थिए । यसैगरी सन् २०१६ मा भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोलाई पनि उनले ‘पागल बाख्रो जस्तो’ भनेर टिप्पणी गरेका थिए ।
मुहिकाको राजीनामा अचानक आएको भने होइन । उनले यसअघि नै भनेका थिए कि ३ अगस्टमा संसदमा म अन्तिम पटक आउने छु । उनले पदबाट किन राजीनामा दिए भन्ने वास्तविक कुरा अहिले एकिन भइसकेको छैन । तर सिनेटर लुईस अलबर्टो हीबरले भने आफूले मुहिका सन् २०१९ मा फेरि राष्ट्रपति लड्ने तयारी गरेको र त्यसैका लागि राजीनामा दिएको सुनेको बताएका छन् ।
समर्थकहरुले आगामी दिनको मुहिकालाई शुभकामना दिए पनि सामाजिक सन्जालहरुमा भने केही आलोचना भएको छ । मुहिका ७० को दशकमा विद्रोही समूहमा सामेल भएकाले माफी माग्नुपर्ने उनका आलोचकहरुले बताएका छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












