१८औँ एसियाड आज साँझ ६:४५ बजे इन्डोनेसियाका राष्ट्रपतिले उद्घाटन गर्ने
काठमाडाैं २, भदाै । एसियाली महादेशको सबै भन्दा ठूलो खेल महोत्सव एसियन गेम्सको १८औँ संस्करण शनिवारदेखि सुरु हुँदैछ।
सेन्ट्रल जाकर्ताको गेलोरा बुङ कार्नो रंगाशालमा नेपाली समय अनुसार शनिवार साँझ ६:१५ बजे इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले एसियाडको औपचारिक उद्घाटन गर्नेछन्।
उद्घाटन समारोहलाई रंगशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन्। उद्घाटन समारोहको टिकट शुक्रवार नै बिक्री भइसकेको आयोजकले छ। समारोहमा इन्डोनेसियाका चर्चित कलाकारहरु अन्गुन, राइसा, टुलुस, इडो कोन्डोलोगिट लगायतले आफ्नो प्रस्तुती दिनेछन्।
यस्तै ४ हजारले आफ्नो नृत्य प्रस्तुत गरिनेछन्। यसका लागि महिनौ अभ्यास गरिएको थियो।
मार्च पार्समा नेपालका ८० जना सहभागी
उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी हुनेछन्। नेपाली टोलीको नेतृत्व खेलकुद मन्त्री जगतबहादुर सुनार विकले गर्नेछन्। यस्तै गरी एसियाडमा नेपालका सेभ दि मिसन तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्ट लगायत पदाधिकारी हुनेछन्।
मार्स पासमा नेपालको झण्डा १०औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता भारोत्तोलनका कमलबाहदुर अधिकारीले बोक्नेछन्।
४५ देशबीच भिडन्त
एसियाडमा ४५ देशका ११ हजार ५ खेलाडी सहभागी हुनेछन्। उनीहरुले ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।
एसियाडको इतिहासमा पहिलो पटक दुई शहरमा एसियाड आयोजना हुन लागेको छ। दोस्रो पटक एसियाड गर्न आयोजना गर्न लागेको इन्डोनेसियाले जकार्ता र पालेम्वाङमा खेलहरु संचालन गर्ने व्यवस्था मिलाएको छ। इन्डोनेसियामा सन् १९६२ मा चौथो संस्करण पनि भएको थियो।
थाइल्याण्डले अहिलेसम्म सर्वाधिक ४ पटक एसियाड आयोजना गरिसकेको छ भने दक्षिण कोरियाले ३ पटक आयोजना गरिसकेको छ।
१८औँ एसियाडमा आयोजक इन्डोनेसियाका सर्वाधिक ९ सय ५१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् एसियाडी खेलकुदमा समग्रमा सबै भन्दा बढी स्वर्ण जितेको चीनले ८ सय ७९ खेलाडी सहभागी गराएको छ। थाइल्यान्ड ८ सय १६, दक्षिण कोरियाले ८ सय ७, चाइनिज ताइपेइका ५ सय ५८ र भारत ५ सय ७२ खेलाडी सहभागी छन्।
नेपालले २९ खेलमा सहभागिता जनाउने
एसियाडमा नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायत गरी जम्मा २ सय ८५ जना सहभागी हुँदैछन्। जसमा १८५ खेलाडी (पुरुष १२९ र महिला ५६), प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे १ रहेका छन्।
नेपालले सहभागिता जनाउने २९ खेल मध्ये २३ खेल जकार्ता र बाँकी ६ खेल पालेम्वाङमा हुनेछ।
नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्ट्स क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउँदैछ।
एसियाडमा नेपालले हालसम्म १ रजत र २२ कास्य गरी २३ पदक जितेको छ। नेपालले तेक्वान्दोबाट १ रजत र १३ कास्य, बक्सिङबाट ६ कास्य तथा करातेबाट ३ कांस्य जितेको छ। १९८६ को सोल एसियाड नेपालले पहिलो पटक पदक प्राप्त गरेको थियो। एसियाली खेलकुद भदौ १७ गतेसम्म हुनेछ
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












