१८औँ एसियाड आज साँझ ६:४५ बजे इन्डोनेसियाका राष्ट्रपतिले उद्घाटन गर्ने
काठमाडाैं २, भदाै । एसियाली महादेशको सबै भन्दा ठूलो खेल महोत्सव एसियन गेम्सको १८औँ संस्करण शनिवारदेखि सुरु हुँदैछ।
सेन्ट्रल जाकर्ताको गेलोरा बुङ कार्नो रंगाशालमा नेपाली समय अनुसार शनिवार साँझ ६:१५ बजे इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले एसियाडको औपचारिक उद्घाटन गर्नेछन्।
उद्घाटन समारोहलाई रंगशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन्। उद्घाटन समारोहको टिकट शुक्रवार नै बिक्री भइसकेको आयोजकले छ। समारोहमा इन्डोनेसियाका चर्चित कलाकारहरु अन्गुन, राइसा, टुलुस, इडो कोन्डोलोगिट लगायतले आफ्नो प्रस्तुती दिनेछन्।
यस्तै ४ हजारले आफ्नो नृत्य प्रस्तुत गरिनेछन्। यसका लागि महिनौ अभ्यास गरिएको थियो।
मार्च पार्समा नेपालका ८० जना सहभागी
उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी हुनेछन्। नेपाली टोलीको नेतृत्व खेलकुद मन्त्री जगतबहादुर सुनार विकले गर्नेछन्। यस्तै गरी एसियाडमा नेपालका सेभ दि मिसन तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्ट लगायत पदाधिकारी हुनेछन्।
मार्स पासमा नेपालको झण्डा १०औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता भारोत्तोलनका कमलबाहदुर अधिकारीले बोक्नेछन्।
४५ देशबीच भिडन्त
एसियाडमा ४५ देशका ११ हजार ५ खेलाडी सहभागी हुनेछन्। उनीहरुले ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।
एसियाडको इतिहासमा पहिलो पटक दुई शहरमा एसियाड आयोजना हुन लागेको छ। दोस्रो पटक एसियाड गर्न आयोजना गर्न लागेको इन्डोनेसियाले जकार्ता र पालेम्वाङमा खेलहरु संचालन गर्ने व्यवस्था मिलाएको छ। इन्डोनेसियामा सन् १९६२ मा चौथो संस्करण पनि भएको थियो।
थाइल्याण्डले अहिलेसम्म सर्वाधिक ४ पटक एसियाड आयोजना गरिसकेको छ भने दक्षिण कोरियाले ३ पटक आयोजना गरिसकेको छ।
१८औँ एसियाडमा आयोजक इन्डोनेसियाका सर्वाधिक ९ सय ५१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् एसियाडी खेलकुदमा समग्रमा सबै भन्दा बढी स्वर्ण जितेको चीनले ८ सय ७९ खेलाडी सहभागी गराएको छ। थाइल्यान्ड ८ सय १६, दक्षिण कोरियाले ८ सय ७, चाइनिज ताइपेइका ५ सय ५८ र भारत ५ सय ७२ खेलाडी सहभागी छन्।
नेपालले २९ खेलमा सहभागिता जनाउने
एसियाडमा नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायत गरी जम्मा २ सय ८५ जना सहभागी हुँदैछन्। जसमा १८५ खेलाडी (पुरुष १२९ र महिला ५६), प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे १ रहेका छन्।
नेपालले सहभागिता जनाउने २९ खेल मध्ये २३ खेल जकार्ता र बाँकी ६ खेल पालेम्वाङमा हुनेछ।
नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्ट्स क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउँदैछ।
एसियाडमा नेपालले हालसम्म १ रजत र २२ कास्य गरी २३ पदक जितेको छ। नेपालले तेक्वान्दोबाट १ रजत र १३ कास्य, बक्सिङबाट ६ कास्य तथा करातेबाट ३ कांस्य जितेको छ। १९८६ को सोल एसियाड नेपालले पहिलो पटक पदक प्राप्त गरेको थियो। एसियाली खेलकुद भदौ १७ गतेसम्म हुनेछ
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












