कामु प्रधानन्यायाधीश जोशीको बिदा आजदेखि सकिँदै, के राजीनामा देलान ,नदिए के हुन्छ ?
काठमाडाैं ३, भदाै । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशबाट अस्वीकृत गरेपछि बिदामा बसेका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको बिदा आजदेखि सकिँदैछ। समितिबाट अस्वीकृत भएपछि साउन साउन २० गतेदेखि बिदामा छन्। १५ दिनका लागि लिइएको उनको बिदा आइतबार सकिँदैछ।
सुनुवाइ समितिबाट साउन १८ गते प्रधानन्यायाधीशका लागि अस्वीकृत भएलगत्तै जोशी बिदामा छन्। साउन १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बिदा बस्ने जानकारी जोशी गराएका थिए।
जोशीको बिदापछि सर्वोच्चको दैनिक पेसी व्यवस्थापन न्यायाधीश ओमप्रकाश मिश्रले गर्दै आएका छन्। जोशी बिदामा बसेपछि रोलक्रममा वरिष्ठ रहेका मिश्रले कायम मुकायम प्रधानन्यायाधीशको हैसियत पेसी तोकेका हुन्।
प्रधानन्यायाधीश रिक्त भएको लामो समय भए पनि नयाँ प्रधानन्यायाधीश नियुक्त हुन सकेको छैन। जोशीको नाम अस्वीकृत भएपछि नाम सिफासिसका लागि संवैधानिक परिषद् समेत बसेको छैन। यसबीचमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा उपचारका लागि विदेशमा रहेकाले परिषद् बस्न नसकेको हो।
संसदीय सुनुवाइबाट अस्वीकृत भएका जोशीले आफूमाथि लागेका आरोप छानबिनका लागि यसअघि संवैधानिक परिषद् र सरकारलाई समेत आग्रह गरिसकेका छन्। विशेषगरि शैक्षिक प्रमाणपत्र विवादमा छानबिन गर्न जोशीले माग गर्दै आएका छन्। जोशीलाई राजीनामाको विकल्प समेत सुझाइएको भए पनि आफू निकटहरूसँग तत्काल राजीनामा नदिने उनले बताउँदै आएका छन्। कम्तीमा भावी प्रधानन्यायाधीशको छिनोफानो नभएसम्म उनले राजीनामा नदिने उनी निकटहरूको दाबी छ।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












