कामु प्रधानन्यायाधीश जोशीको बिदा आजदेखि सकिँदै, के राजीनामा देलान ,नदिए के हुन्छ ?
काठमाडाैं ३, भदाै । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशबाट अस्वीकृत गरेपछि बिदामा बसेका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको बिदा आजदेखि सकिँदैछ। समितिबाट अस्वीकृत भएपछि साउन साउन २० गतेदेखि बिदामा छन्। १५ दिनका लागि लिइएको उनको बिदा आइतबार सकिँदैछ।
सुनुवाइ समितिबाट साउन १८ गते प्रधानन्यायाधीशका लागि अस्वीकृत भएलगत्तै जोशी बिदामा छन्। साउन १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बिदा बस्ने जानकारी जोशी गराएका थिए।
जोशीको बिदापछि सर्वोच्चको दैनिक पेसी व्यवस्थापन न्यायाधीश ओमप्रकाश मिश्रले गर्दै आएका छन्। जोशी बिदामा बसेपछि रोलक्रममा वरिष्ठ रहेका मिश्रले कायम मुकायम प्रधानन्यायाधीशको हैसियत पेसी तोकेका हुन्।
प्रधानन्यायाधीश रिक्त भएको लामो समय भए पनि नयाँ प्रधानन्यायाधीश नियुक्त हुन सकेको छैन। जोशीको नाम अस्वीकृत भएपछि नाम सिफासिसका लागि संवैधानिक परिषद् समेत बसेको छैन। यसबीचमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा उपचारका लागि विदेशमा रहेकाले परिषद् बस्न नसकेको हो।
संसदीय सुनुवाइबाट अस्वीकृत भएका जोशीले आफूमाथि लागेका आरोप छानबिनका लागि यसअघि संवैधानिक परिषद् र सरकारलाई समेत आग्रह गरिसकेका छन्। विशेषगरि शैक्षिक प्रमाणपत्र विवादमा छानबिन गर्न जोशीले माग गर्दै आएका छन्। जोशीलाई राजीनामाको विकल्प समेत सुझाइएको भए पनि आफू निकटहरूसँग तत्काल राजीनामा नदिने उनले बताउँदै आएका छन्। कम्तीमा भावी प्रधानन्यायाधीशको छिनोफानो नभएसम्म उनले राजीनामा नदिने उनी निकटहरूको दाबी छ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












