खाद्यन्न अभावमा भोकै बस्नु पर्दैन् अब,‘खाद्य सहायाता परिचयपत्र’ विधेयक संसदमा पुग्यो
काठमाडाैं ५,भदाै । कुनै नागरिकलाई भोकै नराख्ने नीतिका सरकारले ‘खाद्य तथा खाद्य सम्प्रभुताको अधिकार ऐन’ प्रस्ताव गरेको छ । अब सरकारले लक्षित परिवार खाद्य सहायाता परिचयपत्र दिने योजना बनाएको छ ।
प्रस्तावित ऐनले विना भेदभाव पर्याप्त, पोषयुक्त तथा गुणस्तरीय खाद्यान्न नियमित पहुाच हुने, भोकबाट मुक्त हुने, खाद्यान्नको अभावमा जीवन जोखिममा हुने अवस्थाबाट मुक्त गर्ने, भोकमरी वा खाद्य असुरक्षाको जोखिममा रहेका व्यक्ति वा परिवारले दीगो पहुच र पोषण सहायाता प्राप्त गर्ने लगायतका अधिकार स्थापित गर्दैछ ।
संविधानले नै खाद्य अधिकारबाट कोही पनि बञ्चित हुन नुहने व्यवस्था गरेकाले सरकारले नागरिकको खाद्यान्नमाथिको अधिकारलाई सुरक्षित गर्ने गरी विधेयक संसदमा लगेको छ ।
सरकारले ऐन मार्फत भोकमरी नियन्त्रणका लागि विभिन्न कानुनी व्यवस्थाहरु प्रस्ताव गरेको छ । संसदमा दर्ता भएको विधेयकल खाद्य असुरक्षाको जोखिममा रहेका नागरिकको पहिचान गर्नुपर्ने व्यवस्था गरेको छ ।
यसअनुसार स्थानीय तहले शहरी तथा ग्रामीण गरिब तथा विपदका कारण जोखिमका कारण खाद्य असुरक्षा भोगेका परिवारहरुलाई खाद्य सहायाता परिचयपत्र वितरण गर्नुपर्ने प्रस्ताव गरिएको छ । यस्तो परिचयपत्र उपलब्ध भएसम्म महिला ज्येष्ठ सदस्यको नाममा जारी गर्नुपर्ने प्रस्ताव विधेयकमा गरिएको छ । भारतमा यसअघि देखि नै ‘रासन कार्ड’का नामाम यस्तो व्यवस्था लागू छ ।
यस्ता परिवारलाई सरकारले सहुलियत मूल्य र निःशुल्क पनि खाद्य सहायाता उपलब्ध गराउन सक्ने प्रस्ताव ऐनमा गरिएको छ । ऐनमा कुनै बाढी, पहिरो, शितलहर, आगलागी, भूकम्प लगायतका विपदका बेला सरकारले लक्षित परिवारबाहेक पीडित भएका जोसुकैलाई पनि यस्तो सहायता उपलब्ध गराउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ ।
यस्तो खाद्यान्न स्थानीय तहमार्फत वितरण गर्नुपर्ने व्यवस्था प्रस्तावित ऐनमा छ । यसरी वितरण हुने खाद्यान्नको मापदण्ड अब सरकारले तोक्नेछ ।
सरकारले खाडेरी, आगलागी लगायतका विभिन्न विपदका कारण कुनै क्षेत्रमा खाद्यान्नको चरम अभाव भएमा ‘खाद्य संकटग्रस्त क्षेत्र’ घोषणा पनि गर्न सक्ने व्यवस्था विधेयकमा छ ।
संकटका बेलामा पनि सरकारले स्थानीय खाद्यपदार्थ वितरणलाई नै प्राथमिमता दिनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
सरकारले खाद्य अधिकारको सुनिश्चितताको लागि राष्ट्रिय खाद्य परिषद गठनको पनि प्रस्ताव गरेको छ । यसले खाद्य पदार्थको उपलब्धता, आपूर्ति र वितरण प्रणालीको अनुगमन र सुपरीबेक्षण गर्नेछ ।
अबक आपतकमालीन अवस्थाका लागि संकलित खाद्य पदार्थ सकैले पनि कब्जामा लिन पाउनेछैन । त्यस्तो गरेमा कसुर ठहरिने व्यवस्था ऐनले गरेको छ ।
विद्येयकमा भोकमरीको स्थिति सिर्जना हुनेगरी कसुर गरेको ठहरिएमा १० वर्षसम्म कैद , ५ लाखसम्म जरिवाना वा दुर्बै सजाय हुनसक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
Comments
अरु समाचार
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...











