खाद्यन्न अभावमा भोकै बस्नु पर्दैन् अब,‘खाद्य सहायाता परिचयपत्र’ विधेयक संसदमा पुग्यो
काठमाडाैं ५,भदाै । कुनै नागरिकलाई भोकै नराख्ने नीतिका सरकारले ‘खाद्य तथा खाद्य सम्प्रभुताको अधिकार ऐन’ प्रस्ताव गरेको छ । अब सरकारले लक्षित परिवार खाद्य सहायाता परिचयपत्र दिने योजना बनाएको छ ।
प्रस्तावित ऐनले विना भेदभाव पर्याप्त, पोषयुक्त तथा गुणस्तरीय खाद्यान्न नियमित पहुाच हुने, भोकबाट मुक्त हुने, खाद्यान्नको अभावमा जीवन जोखिममा हुने अवस्थाबाट मुक्त गर्ने, भोकमरी वा खाद्य असुरक्षाको जोखिममा रहेका व्यक्ति वा परिवारले दीगो पहुच र पोषण सहायाता प्राप्त गर्ने लगायतका अधिकार स्थापित गर्दैछ ।
संविधानले नै खाद्य अधिकारबाट कोही पनि बञ्चित हुन नुहने व्यवस्था गरेकाले सरकारले नागरिकको खाद्यान्नमाथिको अधिकारलाई सुरक्षित गर्ने गरी विधेयक संसदमा लगेको छ ।
सरकारले ऐन मार्फत भोकमरी नियन्त्रणका लागि विभिन्न कानुनी व्यवस्थाहरु प्रस्ताव गरेको छ । संसदमा दर्ता भएको विधेयकल खाद्य असुरक्षाको जोखिममा रहेका नागरिकको पहिचान गर्नुपर्ने व्यवस्था गरेको छ ।
यसअनुसार स्थानीय तहले शहरी तथा ग्रामीण गरिब तथा विपदका कारण जोखिमका कारण खाद्य असुरक्षा भोगेका परिवारहरुलाई खाद्य सहायाता परिचयपत्र वितरण गर्नुपर्ने प्रस्ताव गरिएको छ । यस्तो परिचयपत्र उपलब्ध भएसम्म महिला ज्येष्ठ सदस्यको नाममा जारी गर्नुपर्ने प्रस्ताव विधेयकमा गरिएको छ । भारतमा यसअघि देखि नै ‘रासन कार्ड’का नामाम यस्तो व्यवस्था लागू छ ।
यस्ता परिवारलाई सरकारले सहुलियत मूल्य र निःशुल्क पनि खाद्य सहायाता उपलब्ध गराउन सक्ने प्रस्ताव ऐनमा गरिएको छ । ऐनमा कुनै बाढी, पहिरो, शितलहर, आगलागी, भूकम्प लगायतका विपदका बेला सरकारले लक्षित परिवारबाहेक पीडित भएका जोसुकैलाई पनि यस्तो सहायता उपलब्ध गराउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ ।
यस्तो खाद्यान्न स्थानीय तहमार्फत वितरण गर्नुपर्ने व्यवस्था प्रस्तावित ऐनमा छ । यसरी वितरण हुने खाद्यान्नको मापदण्ड अब सरकारले तोक्नेछ ।
सरकारले खाडेरी, आगलागी लगायतका विभिन्न विपदका कारण कुनै क्षेत्रमा खाद्यान्नको चरम अभाव भएमा ‘खाद्य संकटग्रस्त क्षेत्र’ घोषणा पनि गर्न सक्ने व्यवस्था विधेयकमा छ ।
संकटका बेलामा पनि सरकारले स्थानीय खाद्यपदार्थ वितरणलाई नै प्राथमिमता दिनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
सरकारले खाद्य अधिकारको सुनिश्चितताको लागि राष्ट्रिय खाद्य परिषद गठनको पनि प्रस्ताव गरेको छ । यसले खाद्य पदार्थको उपलब्धता, आपूर्ति र वितरण प्रणालीको अनुगमन र सुपरीबेक्षण गर्नेछ ।
अबक आपतकमालीन अवस्थाका लागि संकलित खाद्य पदार्थ सकैले पनि कब्जामा लिन पाउनेछैन । त्यस्तो गरेमा कसुर ठहरिने व्यवस्था ऐनले गरेको छ ।
विद्येयकमा भोकमरीको स्थिति सिर्जना हुनेगरी कसुर गरेको ठहरिएमा १० वर्षसम्म कैद , ५ लाखसम्म जरिवाना वा दुर्बै सजाय हुनसक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












