चिनियाँ कम्पनीले नेपालको तीन ठाउँमा पेट्रोलियम अन्वेषण गर्ने, तिहारपछि धमाधम काम सुरु
काठमाडौं ५, भदाै । नेपालमा रहेको पेट्रोलियम खानीको अन्वेषण गर्न चिनियाँ कम्पनीले पठाएको कार्ययोजनामा छलफल गरि सम्झौता गर्ने खानी विभागले तयारी गरेको छ।
चिनियाँ कम्पनीले पठाएको कार्ययोजनामा खानी विभागले छलफल गरेर चिनियाँ कम्पनीलाई सम्झौताको खाका पठाउने तयारी गरिरहेको विभागले जनाएको छ।
नेपालले पठाएको सहमतिको खाकामा चिनियाँ कम्पनी सहमत हुने बित्तिकै पेट्रोलियम अन्वेषणको काम अघि बढ्ने खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटालेले बताए।
‘सम्भवत आगामी दशैं तिहारपछि नै पेट्रोलिय खानीको विस्तृत अध्ययन सुरु हुने छ’ सापकोटाले बिजमाण्डूसँग भने, ‘विभागले चिनियाँ टोलिलाई सहज हुने र नेपाललाई आर्थिक रुपमा फाइदा हुनेगरि कार्य योजनामा छलफल गरिरहेको छ। छिट्टै चिनियाँ कम्पनीसँग सम्झौता हुन्छ।’
नेपालले पेट्रोलियम खानी अन्वेषण गर्ने चिनियाँ कम्पनीलाई सहज हुने गरि जग्गा प्राप्ति, कानुनी जटिलता, वातावरणीय प्रभाव र अन्वेषण गर्ने मोडालिटिको वारेमा छलफल गरिरहेको छ।
‘छलफलमा चिनियाँ कम्पनीलाई सहज वातावरण र नेपाललाई आर्थिक रुपले फाइदा कसरी हुन्छ भनेर छलफलमै छौ’ सापकोटाले भने, ‘केहि दिनभित्र मोडालिटीको टुङ्गो लगाएर सम्झौताको खाका चिनियाँ कम्पनीलाई पठाउँछौं।‘
यसै महिना चिनियाँ कम्पनीको विज्ञ टोली नेपाल आउने तयारी भएपनि नेपाल र चिनियाँ दुवैतर्फ नेतृत्व फेरबदल हुँदा यो महिनाको मिति भने पर सरेको विभागको भनाई छ।
चिनियाँ कम्पनीले सुर्खेत-दैलेख, बुटवल-पाल्पा र चतारा-बराहक्षेत्रको पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्ने र कुनै एक खानीमा ड्रिलिङ गर्ने खानी विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख सुधिर रजौरेले बताए।
सरकारी पहलमा सुरु हुन लागेको पेट्रोलियम अन्वेषणको काम सुरु भएपछि अन्य ठाउँमा रहेका पेट्रोलियम खानीको अन्वेषणको लागि पनि तयारी थाल्ने उनले बताए।
नेपालमा भारतले नाकाबन्दी लगाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ मा चीन सरकारसँग पेट्रोलियम अन्वेषणको लागि द्विपक्षीय सम्झौता गरेका थिए।
यतिबेला भने चिनियाँ पक्षले काम सुरु गर्ने तयारी सहित दुई अर्ब १० करोड रुपैयाँ बजेटनै छुट्ट्याइसकेको छ। नेपाल सरकारले पनि पेट्रोलियम अन्वेषणको कामलाई उच्च प्राथामिकतामा राखेर अघि बढेकोले पेट्रोलियम अन्वेषणको काम सुरु हुनेमा विभाग विश्वस्त छ।
नेपालमा यसअघि ५ वटा विदेशी कम्पनीले विभागबाट पेट्रोलियम अन्वेषणको अनुमति पाएर काम सुरु गरेका थिए। सोल ट्राइगन नेदरल्याण्ड, केयर इनर्जी स्कटल्याण्ड, टेक्साना रिसोर्सेस अमेरिका, बिबिबी च्याम्पियन्स अमेरिका र इएबीजी कम्पनी युएईले पेट्रोलियम अन्वेषणको काम गरेपनि बिचमै काम छोडेका थिए।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












