महासमिति बैठकसंगै महाधिवेशनको तयारिमा कांग्रेस,कस्को पोल्टामा अब कांग्रेस
काठमाडाैं ७,भदाै । नेपाली कांग्रेसको महासमिति बैठकमा नेतृत्वका बारेमा गम्भीर कुरा उठाएर महाधिवेशन समयमै गराउने गरेर तयारी थाल्ने भएको छ ।
डेढ वर्षपछि सभापति शेरबहादुर देउवाको कार्यकाल सकिने भएपछि काँग्रेसमा अहिलेबाटै नयाँ नेतृत्वबारे बहस सुरु भएको kaQछ ।
निर्वाचनमा अस्वभाविक पराजय भोगेको कांग्रेसमा नेतृत्व परिवर्तनको कुरा समेत उठेको थियो तर, देउवाले कसैगरि मिलाएर लैजाने भन्दै पार्टीमा थामथुम पारेर राखेका छन् ।
कांग्रेसमा नेतृत्व लिनका लागि तीन नेताले दाैडधुप बढाएका छन् । कांग्रेसमा सभापतिका लागि हालका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला मैदान नछोड्ने मनस्थितिमा छन् ।
कोइराला परिवारको विरासत फर्काउने भनेर तीन कोइरालासंगै उभिएर काम गर्ने बताइरहेका बेला रामचन्द्र पाैडेललाई थप चटारो परेको छ । यता कांग्रेस महामन्त्री शशांक कोइराला आफै मैदानमा उत्रेर कोइराला परिवारको विरासतलाई जोगाउने र कांग्रेसको पर्यावाची शब्द कोइरालाई फेरि एकपटक कांग्रेसको पहिचान बनाउने सोचमा पुगेका छन् ।
काँग्रेस महामन्त्री शशांक कोइराला, नेता शेखर कोइरला र नेतृ सुजाता कोइरालाबीच एकताको सन्देश दिन र पकड कायमै छ भन्ने देखाउन सामूहिक तस्बिर खिचेर सार्वजनिक हुँदै आएका छन् । यति मात्रै होइन, महामन्त्री शशांक कोइरालाले त गत शनिबार विराटनगर पुगेर सभापति देउवाको व्यवहार र कार्यशैलीको कडा आलोचना नै गरे । उनले अब हुने १४औँ महाधिवेशनमार्फत कोइराला परिवारले काँग्रेसको नेतृत्व गर्नेसमेत बताए ।
१३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका देउवाले अहिलेसम्मको कार्यकालमा पार्टीको विधि विधानको बेवास्ता गरेको तथा पार्टीलाई संस्थागतभन्दा पनि व्यक्तिगत ढङ्गबाट चलाएको भन्दै पार्टीमा चर्को असन्तुष्टि हुँदै आएको छ ।
यसरी असन्तुष्टि पोख्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, कृष्ण सिटौला, अर्जुननरसिंह केसी, युवा नेताहरू गगन थापा, प्रदीप पौडेल, नवीन्द्र राज जोशीलगायत छन् । उनीहरु देउवाको बिकल्प खोजेर पार्टीलाई विधानसम्मत चलाउनमा सवै लागेर काम गर्ने जनाउदै आएका छन्तर देउवा भने कसैको कुरा सुन्नेमा देखिन्नन् ।
कांग्रेस नेताहरु छुट्टाछुट्टै गुट चलाउदै आएका छन् । तर, देउवाले भने पार्टीलाई एक नम्बरको पार्टी नबनाएसम्म बिश्राम नलिने जनाउदै सवैको मुखमा ताला लगाइ सकेका छन् । कांग्रेसमा विवाद देएपनि नेताहरु कांग्रेसको गुमेको विरासतलाई फर्काउने गरेर गृहकार्य गर्न भन्दै तयारीमा लागेरको जनाइएको छ ।
यता पाैडेल पनि कांग्रेसको नेतृत्व गेरर मात्रै विदा लिने जनाएदै आएका छन् । उनको भित्री चाहना समेत कांग्रेसको सभापति बनेर कांग्रेसलाई हाँक्ने नै रहेको छन् ।
महासमिति बैठकले महाधिवेशनको मिति तोक्ने
महासमितिको बैठकको मिति तय गर्न भन्दै भदाै ८ गतेलाई केन्द्रिय समिति बैठक बोलाइएको छ । महासमिति बैठकको तयारीका बारेमा छलफल हुने र त्यही बैठकले मितिसमेत तोक्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । त्यस्तै काँग्रेसले विधान मस्यौदा समिति गठन गर्ने अन्तिम तयारी गरेको छ ।
यद्यपि मस्यौदा समितिको केन्द्रीय समिति बैठकबाटै घोषणा गर्ने वा अघि नै गर्ने भन्ने निश्चित भइनसकेको प्रवक्ता शर्माले बताए । ‘केन्द्रीय समिति बैठकमा विभिन्न राजनीतिक, आर्थिक, साङ्गठानिक प्रतिवेदनहरू प्रस्तुत हुने र सोहि अनुरुप काम अगाडी बढ्ने प्रवक्ता शर्माले जनाए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












