महासमिति बैठकसंगै महाधिवेशनको तयारिमा कांग्रेस,कस्को पोल्टामा अब कांग्रेस
काठमाडाैं ७,भदाै । नेपाली कांग्रेसको महासमिति बैठकमा नेतृत्वका बारेमा गम्भीर कुरा उठाएर महाधिवेशन समयमै गराउने गरेर तयारी थाल्ने भएको छ ।
डेढ वर्षपछि सभापति शेरबहादुर देउवाको कार्यकाल सकिने भएपछि काँग्रेसमा अहिलेबाटै नयाँ नेतृत्वबारे बहस सुरु भएको kaQछ ।
निर्वाचनमा अस्वभाविक पराजय भोगेको कांग्रेसमा नेतृत्व परिवर्तनको कुरा समेत उठेको थियो तर, देउवाले कसैगरि मिलाएर लैजाने भन्दै पार्टीमा थामथुम पारेर राखेका छन् ।
कांग्रेसमा नेतृत्व लिनका लागि तीन नेताले दाैडधुप बढाएका छन् । कांग्रेसमा सभापतिका लागि हालका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला मैदान नछोड्ने मनस्थितिमा छन् ।
कोइराला परिवारको विरासत फर्काउने भनेर तीन कोइरालासंगै उभिएर काम गर्ने बताइरहेका बेला रामचन्द्र पाैडेललाई थप चटारो परेको छ । यता कांग्रेस महामन्त्री शशांक कोइराला आफै मैदानमा उत्रेर कोइराला परिवारको विरासतलाई जोगाउने र कांग्रेसको पर्यावाची शब्द कोइरालाई फेरि एकपटक कांग्रेसको पहिचान बनाउने सोचमा पुगेका छन् ।
काँग्रेस महामन्त्री शशांक कोइराला, नेता शेखर कोइरला र नेतृ सुजाता कोइरालाबीच एकताको सन्देश दिन र पकड कायमै छ भन्ने देखाउन सामूहिक तस्बिर खिचेर सार्वजनिक हुँदै आएका छन् । यति मात्रै होइन, महामन्त्री शशांक कोइरालाले त गत शनिबार विराटनगर पुगेर सभापति देउवाको व्यवहार र कार्यशैलीको कडा आलोचना नै गरे । उनले अब हुने १४औँ महाधिवेशनमार्फत कोइराला परिवारले काँग्रेसको नेतृत्व गर्नेसमेत बताए ।
१३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका देउवाले अहिलेसम्मको कार्यकालमा पार्टीको विधि विधानको बेवास्ता गरेको तथा पार्टीलाई संस्थागतभन्दा पनि व्यक्तिगत ढङ्गबाट चलाएको भन्दै पार्टीमा चर्को असन्तुष्टि हुँदै आएको छ ।
यसरी असन्तुष्टि पोख्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, कृष्ण सिटौला, अर्जुननरसिंह केसी, युवा नेताहरू गगन थापा, प्रदीप पौडेल, नवीन्द्र राज जोशीलगायत छन् । उनीहरु देउवाको बिकल्प खोजेर पार्टीलाई विधानसम्मत चलाउनमा सवै लागेर काम गर्ने जनाउदै आएका छन्तर देउवा भने कसैको कुरा सुन्नेमा देखिन्नन् ।
कांग्रेस नेताहरु छुट्टाछुट्टै गुट चलाउदै आएका छन् । तर, देउवाले भने पार्टीलाई एक नम्बरको पार्टी नबनाएसम्म बिश्राम नलिने जनाउदै सवैको मुखमा ताला लगाइ सकेका छन् । कांग्रेसमा विवाद देएपनि नेताहरु कांग्रेसको गुमेको विरासतलाई फर्काउने गरेर गृहकार्य गर्न भन्दै तयारीमा लागेरको जनाइएको छ ।
यता पाैडेल पनि कांग्रेसको नेतृत्व गेरर मात्रै विदा लिने जनाएदै आएका छन् । उनको भित्री चाहना समेत कांग्रेसको सभापति बनेर कांग्रेसलाई हाँक्ने नै रहेको छन् ।
महासमिति बैठकले महाधिवेशनको मिति तोक्ने
महासमितिको बैठकको मिति तय गर्न भन्दै भदाै ८ गतेलाई केन्द्रिय समिति बैठक बोलाइएको छ । महासमिति बैठकको तयारीका बारेमा छलफल हुने र त्यही बैठकले मितिसमेत तोक्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । त्यस्तै काँग्रेसले विधान मस्यौदा समिति गठन गर्ने अन्तिम तयारी गरेको छ ।
यद्यपि मस्यौदा समितिको केन्द्रीय समिति बैठकबाटै घोषणा गर्ने वा अघि नै गर्ने भन्ने निश्चित भइनसकेको प्रवक्ता शर्माले बताए । ‘केन्द्रीय समिति बैठकमा विभिन्न राजनीतिक, आर्थिक, साङ्गठानिक प्रतिवेदनहरू प्रस्तुत हुने र सोहि अनुरुप काम अगाडी बढ्ने प्रवक्ता शर्माले जनाए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












