कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्र प्रधानन्यायाधीशमा सिफारिस
संवैधानिक परिषदले प्रधानन्यायाधीशको रिक्त पदमा ओमप्रकाश मिश्रलाई सिफारिस गरेको छ। प्रधानमन्त्री अध्यक्ष रहने परिषदको बैठकले मिश्रलाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको कानुनमन्त्री भानुभक्त ढकालले जानकारी दिए।
प्रधानन्यायाधीश हुन सर्वोच्च अदालतमा न्यायाधीश भई ३ वर्ष काम गरेको हुनुपर्ने संविधानमा उल्लेख छ। यही प्रावधानअनुरुप न्यायपरिषदले ५ महिनाअघि दीपकराज जोशी, ओम प्रकाश मिश्र र चोलेन्द्र शमशेर राणाको नाम र अभिलेख संवैधानिक परिषदमा पठाएको थियो।
परिषदले यसअघि प्रधानन्यायाधीश सिफारिस गरेर पठाएका जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकार गरेको थियो।
जोशी अस्वीकृत भएपछि प्रधान्यायाधीश हुन योग्यता पुगेका न्यायाधीश मिश्र र राणा बाँकी थिए। संवैधानिक परिषदले यी दुईमध्ये वरिष्ठताका आधारमा मिश्रलाई सिफारिस गरेको हो।
रूपन्देही घर भएका मिश्र २०१० साल पुस १६ गते जन्मिएका थिए। उनले आगामी पुसमा अवकास पाउनेछन्।नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका मिश्रले दिल्ली यूनिभर्सिटीबाट ुकम्पेरेटिभ लुमा स्नातकोत्तर गरेका थिए।
२०३८ साल कात्तिक १० गते शाखा अधिकृत रूमा न्यायसेवा प्रवेश गरेका मिश्र ४ वर्षपछि जिल्ला न्यायाधीश भए। २०६४ सालमा विशेष अदालतका सदस्य न्यायाधीश नियुक्त भए। ४ वर्षपछि उनलाई राजविराज पुनरावेदन अदालतको मुख्य न्यायाधीश नियुक्त गरियो।
मुख्यन्यायाधीश रूपमा १ वर्ष काम गरेपछि उनलाई सर्वोच्च अदालतको न्यायाधीश बनाइयो। जिल्ला र विशेष अदालतमा काम गर्दा राम्रो छवि बनाएका मिश्रले सर्वोच्च अदालतमा गरेका एनसेल, चुडामणि शर्माको बन्दी प्रत्येक्षीकरण मुद्दा विवादित बनेका थिए।
जोशी प्रधानन्यायाधीश अस्वीकार नभएका भए मिश्रले सर्वोच्चका न्यायाधीशबाटै विदा लिनुपर्ने थियो।
सर्वोच्च अदालत ६ महिनादेखि प्रधानन्यायाधीश बिहीन छ। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायपरिषद सचिवले अवकाश दिएपछि यो पद रिक्त छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












