एसियन गेम्समा चिनको सर्वाधिक पदक, नेपाल सहित १९देश पदक विहिन(हेर्नुहोस पदक तालिका सहित)
काठमाडौं ७,भदाै । यतिबेला एसिया महादिपका सम्पूर्ण खेल प्रेमीको ध्यान इन्डोसियामा केन्द्रित भइरहेको छ । एसियन गेम्सको इतिहासमा दुई शहरमा प्रतियोगिता सञ्चालन भएको पहिलो पटक हो । इन्डोनेसियाको जकार्ता र पालेम्वाङमा जारी खेलमा ४० खेलका ४२० स्पर्धामा एसियाका ११ हजार ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
४२० स्पर्धामध्ये अहिलेसम्म १३१ स्पर्धा सम्पन्न भइसकेका छन् । जसमा ४२० स्वर्ण पदकमध्ये १६९ स्वर्ण पदक विभिन्न देशले हात पारिसकेका छन् । जसमा अहिलेसम्म सम्पन्न खेलमा पदको नेतृत्वमा चीन रहेको छ । त्यस्तै, जापान र कोरिया पनि पदक जित्नेमा अग्रस्थानमा रहेका छन् ।
जारी प्रतियोगितामा सम्पन्न खेलमा चीनले ५५ स्वर्णका साथ ४० रजत र २१ कास्यपदक हात पार्दै जम्मा पदक ११६ पुर्याएको छ । चीनले इन्डोनेसियामा सुरुदेखि नै अग्रता कायम गरेको थियो । पदकमा चीनलाई पछ्याएको जापानले हालसम्म सम्पन्न खेलमा २४ स्वर्ण पदक हात पारेको छ भने २८ रजत र ३३ कास्य पदक जित्दै जम्मा ८५ पदक पुर्याएको छ ।
त्यस्तै, एसियन गेम्समा दक्षिण कोरिया तेस्रो स्थानमा रहेको छ । कोरियाले अहिलेसम्म १३ स्वर्ण पदक जितेको छ । त्यस्तै, २० रजत पदक र २७ कास्य पदक जित्दै जम्मा पदक संख्या ६२ पुर्याएको छ । १८ औं एसियाली खेलकुदमा अहिलेसम्म विभिन्न २६ वटा देशले स्वर्ण, रजत र कास्य पदक जितेको भएतापनि एसियन गेम्समा अन्य १९ वटा देश भने पदकविहीन रहेका छन् ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












