एसियन गेम्समा चिनको सर्वाधिक पदक, नेपाल सहित १९देश पदक विहिन(हेर्नुहोस पदक तालिका सहित)
काठमाडौं ७,भदाै । यतिबेला एसिया महादिपका सम्पूर्ण खेल प्रेमीको ध्यान इन्डोसियामा केन्द्रित भइरहेको छ । एसियन गेम्सको इतिहासमा दुई शहरमा प्रतियोगिता सञ्चालन भएको पहिलो पटक हो । इन्डोनेसियाको जकार्ता र पालेम्वाङमा जारी खेलमा ४० खेलका ४२० स्पर्धामा एसियाका ११ हजार ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
४२० स्पर्धामध्ये अहिलेसम्म १३१ स्पर्धा सम्पन्न भइसकेका छन् । जसमा ४२० स्वर्ण पदकमध्ये १६९ स्वर्ण पदक विभिन्न देशले हात पारिसकेका छन् । जसमा अहिलेसम्म सम्पन्न खेलमा पदको नेतृत्वमा चीन रहेको छ । त्यस्तै, जापान र कोरिया पनि पदक जित्नेमा अग्रस्थानमा रहेका छन् ।
जारी प्रतियोगितामा सम्पन्न खेलमा चीनले ५५ स्वर्णका साथ ४० रजत र २१ कास्यपदक हात पार्दै जम्मा पदक ११६ पुर्याएको छ । चीनले इन्डोनेसियामा सुरुदेखि नै अग्रता कायम गरेको थियो । पदकमा चीनलाई पछ्याएको जापानले हालसम्म सम्पन्न खेलमा २४ स्वर्ण पदक हात पारेको छ भने २८ रजत र ३३ कास्य पदक जित्दै जम्मा ८५ पदक पुर्याएको छ ।
त्यस्तै, एसियन गेम्समा दक्षिण कोरिया तेस्रो स्थानमा रहेको छ । कोरियाले अहिलेसम्म १३ स्वर्ण पदक जितेको छ । त्यस्तै, २० रजत पदक र २७ कास्य पदक जित्दै जम्मा पदक संख्या ६२ पुर्याएको छ । १८ औं एसियाली खेलकुदमा अहिलेसम्म विभिन्न २६ वटा देशले स्वर्ण, रजत र कास्य पदक जितेको भएतापनि एसियन गेम्समा अन्य १९ वटा देश भने पदकविहीन रहेका छन् ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












