सार्वजनिक बिदाको दिन पनि,एकाबिहानै काठमाडौंमा किन भयो जाम ?
काठमाडाैं ११,भदाै । आज काठमाडौंमा गाईजात्रा पर्वको सार्वजनिक विदा । सार्वजनिक विदा भएकाले अघिल्ला दिनको तुलनामा गाडीहरु कमै चल्नुपर्ने हाे । बिहानको समयमा त झन कम संख्यामा सवारीसाधन चल्छन् । तर सोमबार त्यसाे भएन, एकाबिहानै मानिसहरु केही घण्टा जाममा परे ।
कसैको सवारी पनि थिएन, कुनै नारा जुलुश या विरोध प्रदर्शन पनि थिएन । तर, पैदल यात्री समेत हिँड्न नसक्ने गरी किन जाम भयो ? धेरैलाई थाहा थिएन ।
बिजुलीबजार क्षेत्रमा जाममा परेकाहरु आपसमा कुरा गर्थे– राष्ट्रपतिको सवारी होला । कसैले अनुमान लगाउँथे– जुलुस होला । कसैले भन्थे– गणतन्त्र आए पनि राजाको पालाजस्तो जनतालाई दुःख दिए ।
यहीबीचमा एयरपोर्ट बानेश्वरतिरबाट माइतीघरतर्फ केही थान गाडीहरु साइरन बजाउँदै हुइँकिए । स्कर्टिङसहितका गाडीहरु गइसकेपछि थाहा भयो–त्यसमा कुनै भीभीआईपी थिएनन् । त्यो त बिम्स्टेक सम्मेलनमा आउने विदेशी पाहुनाहरुको लागि स्कर्टिङको रिहर्सल थियाे ।
एयरपोर्ट, तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर हुँदै सोल्टी होटलसम्म स्कर्टिङको रिहर्सल गरिएको ट्राफिक प्रहरी स्रोतले बतायो ।
बिम्स्टेक सम्मेलन यही भदौ १३ र १४ गते काठमाडौंमा हुँदैछ । त्यसको तयारी लगभग पूरा गरेको सरकारले विदेशी सरकार प्रमुखहरुको आगमनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारेको छ । सम्मेलनलाई लक्षित गरी नेपाली सेनाले हवाई गस्तीसमेत गर्नेछ ।
बिम्स्टेकमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, म्यानमार र थाइल्याण्ड सदस्य छन् । सदस्य राष्ट्रका सरकार प्रमुखहरु १२ भदौदेखि नेपाल आउन सुरु गर्नेछन् ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












