सार्वजनिक बिदाको दिन पनि,एकाबिहानै काठमाडौंमा किन भयो जाम ?
काठमाडाैं ११,भदाै । आज काठमाडौंमा गाईजात्रा पर्वको सार्वजनिक विदा । सार्वजनिक विदा भएकाले अघिल्ला दिनको तुलनामा गाडीहरु कमै चल्नुपर्ने हाे । बिहानको समयमा त झन कम संख्यामा सवारीसाधन चल्छन् । तर सोमबार त्यसाे भएन, एकाबिहानै मानिसहरु केही घण्टा जाममा परे ।
कसैको सवारी पनि थिएन, कुनै नारा जुलुश या विरोध प्रदर्शन पनि थिएन । तर, पैदल यात्री समेत हिँड्न नसक्ने गरी किन जाम भयो ? धेरैलाई थाहा थिएन ।
बिजुलीबजार क्षेत्रमा जाममा परेकाहरु आपसमा कुरा गर्थे– राष्ट्रपतिको सवारी होला । कसैले अनुमान लगाउँथे– जुलुस होला । कसैले भन्थे– गणतन्त्र आए पनि राजाको पालाजस्तो जनतालाई दुःख दिए ।
यहीबीचमा एयरपोर्ट बानेश्वरतिरबाट माइतीघरतर्फ केही थान गाडीहरु साइरन बजाउँदै हुइँकिए । स्कर्टिङसहितका गाडीहरु गइसकेपछि थाहा भयो–त्यसमा कुनै भीभीआईपी थिएनन् । त्यो त बिम्स्टेक सम्मेलनमा आउने विदेशी पाहुनाहरुको लागि स्कर्टिङको रिहर्सल थियाे ।
एयरपोर्ट, तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर हुँदै सोल्टी होटलसम्म स्कर्टिङको रिहर्सल गरिएको ट्राफिक प्रहरी स्रोतले बतायो ।
बिम्स्टेक सम्मेलन यही भदौ १३ र १४ गते काठमाडौंमा हुँदैछ । त्यसको तयारी लगभग पूरा गरेको सरकारले विदेशी सरकार प्रमुखहरुको आगमनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारेको छ । सम्मेलनलाई लक्षित गरी नेपाली सेनाले हवाई गस्तीसमेत गर्नेछ ।
बिम्स्टेकमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, म्यानमार र थाइल्याण्ड सदस्य छन् । सदस्य राष्ट्रका सरकार प्रमुखहरु १२ भदौदेखि नेपाल आउन सुरु गर्नेछन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












