प्याराग्लाइडिङमा नेपालको ऐतिहासिक सफलता,२० वर्षपछि नेपालले जित्यो रजत पदक
एसियन गेम्स (एसियाड) मा नेपालले दोस्रो रजत पदक जितेको छ। इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत प्याराग्लाइडिङतर्फ पुरुष टिम क्रस कन्ट्री विधामा नेपालले रजत पदक जितेको हो।
यसै संस्करणदेखि एसियाडमा समावेश गरिएको प्याराग्लाइडिङमा नेपालले पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पारेको हो।
नेपालले एसियाडमा २० वर्षपछि रजत पदक जितेको हो भने यो समग्रमा दोस्रो रजत पदक हो।
यस्तै प्याराग्लाइडिङमा पदक जितेसँगै नेपालले १८औँ एसियाडमा पदकको खडेरी समेत तोडेको छ। यसअघिको एसियाडमा नेपालको लागि पदक जितेको तेक्वान्दो, बक्सिङ र करातेमा नेपालले यसपटक पदक जित्न सकेन।
वेष्ट जाभास्थित गुनुस मास पुनकेकमा बुधबार भएको अन्तिम राउण्डमा नेपालका ५ मध्ये ३ खेलाडीले टास्क पुरा गरेको नेपाली टिमका म्यानेजर शैलेन राउतले बताए।
नेपालले कूल ११ हजार ३६४ अंक जोड्दै दोस्रो स्थान हात पारेको हो। पहिलो भएको जापानले कूल ११ हजार ३९१ अंक जोड्यो। नेपाल स्वर्ण पदक जित्नबाट २७ अंकले मात्र पछि पर्यो।
अनुभवी पाइलट विमल अधिकारीको नेतृत्वमा रहेको नेपाली टिममा विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा छन्।
पुरुष क्रस कन्ट्रीको पहिलो र दोस्रो राउण्डमा तेस्रो भएको नेपाली टोली तेस्रो राउण्डमा चौथो भएको थियो। तर चौथो राउण्डमा नेपालका पाइलटहरुले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई दोस्रो स्थानमा पुर्याएका थिए। अन्तिम राउण्डमा पनि नेपालले उक्त प्रदर्शन कायम राख्दै पदक जिताएको हो।
प्याराग्लाइडिङमा रजत जितेपछि नेपालले एसियाडमा दुई रजत जितेको छ। र समग्रमा पदक संख्या २४ पुगेको छ। नेपालले यसअघि तेक्वान्दो, बक्सिङ र करातेमा मात्र पदक जितेको थियो।
यसअघि पुरुष र महिला दुवैको व्यक्तिगत र टिम एक्कुरेसीतर्फ भने नेपालले पदक जित्न सकेको थिएन।
१८औँ एसियाडका लागि नेपालबाट पुरुषमा ५ र महिलामा ३ गरी कूल ८ खेलाडी इन्डोनेसिया गएका थिए।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












