प्याराग्लाइडिङमा नेपालको ऐतिहासिक सफलता,२० वर्षपछि नेपालले जित्यो रजत पदक
एसियन गेम्स (एसियाड) मा नेपालले दोस्रो रजत पदक जितेको छ। इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत प्याराग्लाइडिङतर्फ पुरुष टिम क्रस कन्ट्री विधामा नेपालले रजत पदक जितेको हो।
यसै संस्करणदेखि एसियाडमा समावेश गरिएको प्याराग्लाइडिङमा नेपालले पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पारेको हो।
नेपालले एसियाडमा २० वर्षपछि रजत पदक जितेको हो भने यो समग्रमा दोस्रो रजत पदक हो।
यस्तै प्याराग्लाइडिङमा पदक जितेसँगै नेपालले १८औँ एसियाडमा पदकको खडेरी समेत तोडेको छ। यसअघिको एसियाडमा नेपालको लागि पदक जितेको तेक्वान्दो, बक्सिङ र करातेमा नेपालले यसपटक पदक जित्न सकेन।
वेष्ट जाभास्थित गुनुस मास पुनकेकमा बुधबार भएको अन्तिम राउण्डमा नेपालका ५ मध्ये ३ खेलाडीले टास्क पुरा गरेको नेपाली टिमका म्यानेजर शैलेन राउतले बताए।
नेपालले कूल ११ हजार ३६४ अंक जोड्दै दोस्रो स्थान हात पारेको हो। पहिलो भएको जापानले कूल ११ हजार ३९१ अंक जोड्यो। नेपाल स्वर्ण पदक जित्नबाट २७ अंकले मात्र पछि पर्यो।
अनुभवी पाइलट विमल अधिकारीको नेतृत्वमा रहेको नेपाली टिममा विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा छन्।
पुरुष क्रस कन्ट्रीको पहिलो र दोस्रो राउण्डमा तेस्रो भएको नेपाली टोली तेस्रो राउण्डमा चौथो भएको थियो। तर चौथो राउण्डमा नेपालका पाइलटहरुले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई दोस्रो स्थानमा पुर्याएका थिए। अन्तिम राउण्डमा पनि नेपालले उक्त प्रदर्शन कायम राख्दै पदक जिताएको हो।
प्याराग्लाइडिङमा रजत जितेपछि नेपालले एसियाडमा दुई रजत जितेको छ। र समग्रमा पदक संख्या २४ पुगेको छ। नेपालले यसअघि तेक्वान्दो, बक्सिङ र करातेमा मात्र पदक जितेको थियो।
यसअघि पुरुष र महिला दुवैको व्यक्तिगत र टिम एक्कुरेसीतर्फ भने नेपालले पदक जित्न सकेको थिएन।
१८औँ एसियाडका लागि नेपालबाट पुरुषमा ५ र महिलामा ३ गरी कूल ८ खेलाडी इन्डोनेसिया गएका थिए।
Comments
अरु समाचार
-
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट आजदेखि
देउखुरी (दाङ): लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने भएको छ । लुम्बिनी प्रदेश क्रिकेट...
-
खाँदबारीमा तीनपोखरी कप फुटबल प्रतियोगिता हुने
काठमाडौं । जिल्ला सदरमुकाम खाँदबारीमा आगामी माघ २६ गतेदेखि दोस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक...
-
राखेप बोर्ड सदस्यहरुद्वारा सपथ ग्रहण
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नवनियुक्त हुनुभएका आठ बोर्ड सदस्यहरुले सपथ ग्रहण गर्नुभएको छ । उहाँहरुलाई सिंहदरबारस्थित खेलकुद...
-
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
काठमाडौं । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने...
-
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
काठमाडौं । ‘जय ट्रफी मेन्स एलिट कप–२०८१’ का लागि बागमती प्रदेशको टोली घोषणा गरिएको छ । बागमती प्रदेश क्रिकेट सङ्घले...
-
टी-२० वरीयता अपडेट: अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सन् २०२४ को अन्तिम खेलाडी वरीयता सार्वजनिक गर्दा नेपाली खेलाडीको अवस्थामा खस्किएको छ । आईसीसीले...
-
मदन भण्डारी इन्डो नेपाल भलिबल प्रतियोगिता आजदेखि
काठमाडौं । मदन भण्डारी इन्डो नेपाल रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद...
-
म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार
काठमाडौं । सोमबार राति ओल्ड ट्रायफोर्डको घरेलु भूमिमा भएको इङ्लिस प्रिमियर सिपको खेलमा न्यु क्याशल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २–० ले...
-
भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको जित
काठमाडौं । भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको प्रभावशाली जित निकालेको छ। मेलबर्नमा पाँचौ तथा अन्तिम दिन सोमबार १८४ रनको जित निकाल्दै...